निर्वाचनमा शान्ति सुरक्षा कडा पारिदै : प्रत्येक मतदान केन्द्रमा सुरक्षा टोली परिचालन !

राम सुवेदी, बुर्तिवाङ २०७४ बैशाख २२ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय शान्ति सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका मतदान केन्द्रहरुमा सुरक्षा टोलीहरु परिचालन गरिएको छ ।

निर्वाचनका वेला हुनसक्ने संभावित घटनालाई रोक्न र निर्वाचन शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायको टिम परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले बताए ।

जिल्लाभरका १ सय ९२ मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना र म्यादी प्रहरी एकैसाथ खटिइने प्रहरी निरीक्षक खापुङले जानाकारी दिए ।

जिल्लामा ६ सय १८ म्यादी प्रहरी भर्ना गरिएकोमा उक्त टोली विभिन्न मतदान केन्द्रका लागि जिल्लाभरनै परिचालन गराइएको छ ।

यसैबीच पश्चिम बागलुङका हरेक मतदान स्थलका लागि सुरक्षा निकायका टोली परिचालन भएका छन् । १ नगरपालिका र ३ गाउँपालिका अर्थात ४ वटै स्थानीय तह अन्तरगतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका प्रहरी निरीक्षक सहितको प्रहरी जनशक्ति समेत थप गरिएको छ ।

ढोरपाटन नगरपालिकाको ढोरपाटन प्रहरी चौकीमा प्रहरी निरीक्षक गोविन्द थापा, निसीखोला गाउँपालिकाको झिवाखोलामा प्रहरी निरीक्षक हरि बस्नेत, तमानखोला गाउँपालिकाको बोंगादोभान प्रहरी चौकीमा सुन्दर लाखे र बडिगाड गाउँपालिकाको ग्वालीचौर प्रहरी चौकीमा प्रहरी निरीक्षक प्रकाश दहाल आई पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए ।

जिल्लाको पश्चिम स्थित ढोरपाटन नगरपालिकामा ९ वडामा १५ वटा मतदान केन्द्र तोकिएका छन्, तमानखोला गाउँपालिकाको ६ वडामा ८ मतदान केन्द्र, निसीखोला गाउँपालिकाको ७ वटा वडामा १४ मतदान केन्द्र र बडिगाड गाउँपालिकाको १० वटा वडामा २१ वटा मतदान केन्द्र गरि कुल ५८ मतदान केन्द्र तोकिएको छ । ति मतदान केन्द्रको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाली सेना र म्यादी प्रहरीको टोली परिचालन भएको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *