बानपा—१ मा काँग्रेसको निर्वाचन परिचालन समिति गठन

बागलुङ २०७४ बैशाश २२ । बागलुङ नगरपालिका—१ रामरेखामा नेपाली काँग्रेसको चुनावी अभियान अन्तरगत निर्वाचन परिचालनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । शुक्रबार भएको भेलाले महेन्द्र आचार्यको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन सचिवालय समिति गठन गरेको छ । नेपाली काँग्रेस वडा नम्बर १ का सभापति तेजेन्द्र आचार्यको संयोजकत्वमा १ सय ५१ सदस्यीय चुनाव परिचालन समिति गठन भएको छ । विदुर शर्माको संयोजकत्वमा ९ सदस्यीय स्वयँसेवक परिचालन उपसमिति, अखिलबहादुर क्षेत्रीको संयोजकत्वमा ११ सदस्यीय आर्थिक परिचालन उपसमिति, कमला आचार्यको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरिएको नेपाली काँग्रेस बागलुङ नगरपालिका वडा नम्बर १ का सभापति तेजेन्द्र आचार्यले बताए ।
बानपा—१ मा नेपाली काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टी मिलेर चुनावी गठबन्धन गरेका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश आचार्य र महिला दुई सदस्यमा काँग्रेसका कुमारी क्षेत्री र दलित महिला सदस्य सन्तकमारी सर्किनी, दुई खुला सदस्यमा माओवादी केन्द्रका डिलबहादुर सार्की र राष्ट्रिय जनमुक्ति पार्टीका हिराबहादुर थापा उम्मेदवार छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *