जोशीको घरमा बम राखेको आशंकामा पत्रकार जि.सी. र बिप्लवका तीन कार्यकर्ता पक्राउ

पर्वत कुस्मा २०७४ बैशाख २२ । नेपाली काँग्रेसबाट कुस्मा नगरपालिकाको मेयर पदका उमेदवारको घर (आवास)मा शंंकास्पद बस्तु (सकेट बम ?) भेट्टिएको घटनालाई लिएर पर्वत जिल्लाका एक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उमेदवार जोशी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद अर्जुनप्रसाद जोशीका भाई हुन ।

प्रहरीले हिँजो बिहीवार साँझ नेपाली काँग्रेसबाट कुस्मा नगरपालिकाको मेयर पदका उमेदवार रामचन्द्र जोशीको आवासमा शंकास्पद बस्तु बम फेला पारेको थियो । स्थानीय तहको निर्वाचन बिथोल्ने कार्य गर्दै आएको बिप्लव माओवादीको संलग्नता हुन सक्ने अनुमानमा प्रहरीले बिप्लव माओवादीका तीन कार्यकर्ताहरु सहित पत्रकार गोपाल जि.सी.लाई पक्राउ गरेको बताएको छ । पत्रकार जि.सी.लाई हिजो राति १२ बजेको समयमा नेपाल टेलिकम कार्यालय नजिकै रहेको एक होटेलबाट प्रहरीले पक्राउ गरेको बताईएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका माओवादी बिप्लवका कार्यकर्ताहरुमा जिल्ला ईन्चार्ज ओम बहादुर पुन हिमाल जिल्ला सेक्रेटरी अल्बर्ट, जिल्ला सल्लाहकार ओम प्रसाद पन्त र जिल्ला सदस्य यज्ञ गौतम रहेका छन् ।

पत्रकार जि.सी. आवद्ध रहेको नवदृष्टि डट कम अनलाईन पत्रिकाले बुधवार कुनपाको मेयरका उमेदवार जोशीको घरमा बम राखेको समाचार सम्प्रेषण गरेको थियो । सो अनलाईन पोर्टलले एक दिन अगावै बमको समाचार सम्प्रेषण गर्नु र समाचारमा राखिएको तस्वीर र उमेदवार जोशीको घरमा फेला परेको शंकास्पद बस्तु एउटै प्रकारको देखिनुले पत्रकार जि.सी. शंकाको घेरमा परेको सुरक्षा श्रोतको दावी छ ।

यता पत्रकार जि.सी.लाई प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर पर्वत पत्रकार महासंघले समाचार लेखेकै आधारमा पत्रकारलाई प्रहरी नियन्त्रयमा लिएको घटनालाई दु:खद बताएको छ ।

उमेदवार जोशीको घरमा भेटिएको शंकास्पद बस्तु बम (?)नेपाली सेनाले डिस्पोज गरिसकेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *