तमानखोला गाउपालिकामा काग्रेसको चुनावी सभा

खेमराज अर्याल, बुर्तिबाङ २०७४ वैशाख २२ । तमानखोला गाँउपालिकाको वडा नम्बर २ खोलेसबाङमा नेपाली काग्रेसको चुनावी सभा आज सम्पन्न भएको छ । चुनावी सभामा बोल्दै नेपाली काग्रेस तमानखोला गाँउपालिका अध्यक्षका उम्मेदवार जोकलाल बुढा मगरले लोकतन्त्रलाई संस्थागत गर्न शान्ति सुशासन र विकास गर्न आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा काग्रेसतर्फबाट उपाध्यक्षका उम्मेदवार मानसरी शेरचन नेपाली काग्रेस तमानखोला गाँउपालिका उपसंयोजक झक बहादुर बुढा नेपाल तरुण दल क्षेत्रिय उपाध्यक्ष भवानिशंकर पुन वडा नम्बर २ का खुल्ला सदस्य तर्फका उम्मेदवार मोहन कुमार घर्ती लगाएतले बोलेका थिए ।

कार्यक्रम नेपाली काग्रेस तमानखोला गाँउपालिका सहसंयोजक सुरेन्द्र छन्त्यालको अध्यक्षता गाँउपालिका अध्यक्षका उम्मेदवार जोकलाल बुढाको प्रमुख आतिथ्यता नेपाल दलित संघका जिल्ला सदस्य यम कुमार शिर्पालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

शुक्रवार विहान तमानखोला गाँउपालिकाको भयरबोंगामा घरदैलो तथा अन्र्तक्रिया कार्यक्रम गरीने र दिउसो वडा नम्बर १ को पहिरामा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी जित शेरचनको प्रमुख आतिथ्यतामा चुनावी आमसभा गरीने काग्रेस तमानखोला गाँउपालिका उपसंयोजक झक बहादुर बुढाले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *