निसीखोला गाउपालिका- ७ राजकुतमा नेपाली काँग्रेसले उमेदवार पाएन !

कृष्ण कँडेल, बुर्तिवाङ २०७४ बैशाख २२ । निसी गाउपालिकको वडा नं ७ साबिक राजकुत गाविसमा नेपाली काँग्रेसले वडाध्यक्ष देखी वडा सदस्यहरु सम्म कुनै पदमा उमेदवार पाएन ।

नेपाली काँग्रैसका जिल्ला सदस्य एवं राजकुतका युवा नेता प्रकाश कुँवरलाई पार्टीले निसी गाउपालिकाको प्रमुखको टिकट नदिएपछी रुष्टबनेका काँग्रेसबाट वडामा सिफारिस गरिएका सबै उमेदवारहरुले स्वतन्त्र उमेदवारी दर्ता गरेपछी ७ नं वडामा काँग्रेसको उमेदवारी खाली भएको हो ।

निसी गाउपालिका ७ राजकुतमा काग्रेसबाट वडा अध्यक्षमा सिफारिस गरिएका तेजेन्द्र विक्रिम कुवर सहित चारै जनाले प्रकाश कुँवरको समर्थनमा स्वतन्त्र उमेदवारी दिएका हुन् ।

पार्टीले निसी गाउपालिकाको प्रमुखमा प्रकाश कुवरलाई सिफारिस नगरेपछी कुँवरले तत्कालै स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका थिए ।
कुँवरले विहीबार मात्रै पार्टीका नेताहरुले उमेदवारी फिर्ता लिन दबाब दिएपनि आफु पार्टीको उमेदवार नभै जनताको उमेदबार भएको भनी उमेदवारी फिर्ता नलिने इबागलुङलाई बताएका थिए ।

उता तमानखोला गाउपालिकाको दुई ओटा वडामा भने अध्यक्ष सहित सबै सदस्य निर्बिरोध भएका छन् ।

तमानखोला गाउँपालिकाको वडा नम्बर–३ मा वडा अध्यक्ष सहित चारै जना काँग्रेसका वडा सदस्यका उम्मेद्धार सर्बसम्मत भएका हुन् । वडामा अरु कुनै पार्टी र स्वतन्त्र उम्मेद्वारी समेत नपरेपछि निर्विरोध भएको सहायक निर्वाचन अधिकृत खिमबहादुर विकले जानकारी दिए ।

तमानखोलाकै वडा नम्बर–६ मा भने नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका छुट्टा छुट्ै उम्मेद्वार निर्विरोध भएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *