काठेखोलामा एमाले, माओवादी केन्द्र र राजमो वीच तालमेल !

बागलुङ, २०७४ बैशाख २१ । काठेखोला गाउँपालिकामा ३ वामपन्थी दलहरुले संयुक्त रुपमा निर्वाचनमा जाने तालमेल गरेका छन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच काँठेखोला गाउँपालिकामा तालमेल गरेर अगाडि बढ्ने सहमति भएको हो ।
काठेखोलाको अध्यक्षमा एमालेका अम्मरबहादुर थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन केसीले उमेदवारी दिएका छन् । तीन दलको सहमति अनुसार एमालेबाट उपाध्यक्षमा उमेदवारी दिएकी अञ्जु जिसी र नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा उमेदवारी दिएकी लक्ष्मी खड्का रोकाले बिहीवार उमेदवारी फिर्ता लिएका छन् ।
वडा अध्यक्ष र सदस्यहरुमा समेत तीन दलले सहमति भएको छ ।

यसैबीच संयुक्त वामपन्थी उमेदवारहरुको टोलीले काँठेखोलाका विभिन्न वडामा निर्वाचन प्रचार अभियानलाई तिब्रता दिएका छन् ।

वडा नंं. २ भीमापोखरामा अध्यक्ष र उपाध्यक्षका उमेदवार सहितको टोलीले घरदैलो, जनभेटघाट तथा कोणसभा गरी संयुक्त प्यानललाई निर्वाचनमा सहयोग गर्न आव्हान गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *