बडिगाडमा जनमोर्चाको चुनावी सभा : नमुना गाउपालिका बनाउने उदघोष

खर्वाङ २०७४ बैशाख २१ । राष्ट्रिय जनमोर्चा बागलुङले विहिबार बडिगाड गाउँपालिकामा चुनावी सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाको तर्फदेखि बडिगाड गाउँ पालिका प्रमुखका उमेदवार भीमसेन वनले बडिगाड गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन सक्ने योजना आफु सँग रहेको बताउँदै गिलास चिन्हमा मतदान गरि राष्ट्रिय जनमोर्चाका उमेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

वनले सक्षम युवा नेतृत्वले मात्रै गाउँको मुहार परिवर्तन गर्न सक्ने बताउँदै आफुहरुको विजयले नै गाउँमा विकासको लहर छाउने बताए ।

कार्यक्रममा बडिगाड गाउँ पालिका वडा न. ४ का अध्यक्षका प्रत्यासी मेघबहादुर पाइजा, सदस्य पदका प्रत्यासी तारा पुनले मंतव्य व्यक्त गरेका थिए ।

राष्ट्रिय जनमोर्चा बडिगाड गाउँपालिका रणसिङकिटेनीका अध्यक्ष शेरबहादुर घर्तिको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन मिनबहादुर बोहोराले गर्नु भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *