नेपाली काँग्रेसको चुनावी प्रचार अभियान अधिकारीचौरका गाउँगाउँमा

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ बैशाख २१ । नेपाली काँग्रेसले चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ । बिहिबार ढोरपाटन नगरपालीकाको वडा नँ ५ र ६ का नथुरी घैयाखेत, बाहुनगाँउ र सैखोलामा कार्यक्रम सम्पन्न भएको छ । आजको चुनावी प्रचार कार्यक्रममा नेपाली काँग्रेस ढोरपाटन नगरपालीका वडा नँ ५ का उपसम्योजक एवम स्थानीय तह चुनाबमा अध्यक्ष पदका चन्द्रकुमार गौतमको अध्यक्षता, सांसद ज्ञान कुमारी छन्तयालको प्रमुख आतिथ्यता, क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरको बिशिष्ठ आतिथ्यता, महाधिबेशन प्रतिनिधि धीर प्रताप सिँह, सागर छन्तयाल, मेयर पदका उमेद्वार अर्जुन शेरचन, उपमेयर उमेद्वार दिलमाया पौवि लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथी सांसद ज्ञान कुमारी छन्तयालले बोल्दै आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उमेदवारलाई बिजयी गराउँदै समग्र गाँउ नगरको बिकास सँगै जनताको अधिकारलाई स्थापित गराउने अभियानमा जुट्न आग्रह गरेकी थिईन् ।
त्यस्तै क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरले नेपाली जनताले शान्ती लोकतन्त्र र बिकास चाहेको बताउँदै जनताको हरक्षेत्रमा सुख दुखको पार्टि नेपाली काँग्रेस भएको र नेपाली काँग्रेस पार्टीलाई बिजयी बनाउँदै स्थानीय तहमा हुने हरेक बिकास निर्माण र जनताका अधिकारलाई स्थापित बनाउने अभियानमा सहयोग गर्ने आग्रह गरेका थिए ।
त्यस्तै मेयरपदका उमेदवार अर्जुन शेरचन, उपमेयर उमेदवार दिलमाया पौविले आफुहरुलाई बिजयी बनाउन आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *