बडीगाड गाउपालिकाको प्रमुखमा एमाले उमेदवारलाई माओवादी केन्द्रको समर्थन !

खर्वाङ २०७४ बैशाख २१ । बागलुङ जिल्लाको सबैभन्दा ठुलो बडीगाड गाउपालिकामा नेकपा एमाले र माओवादी केन्द्र वीच अन्तिम समयमा आएर चुनावमा मिलेर जाने सहमति भएको छ ।

निर्वाचन कार्यक्रम अनुसार आज उमेदवारी फिर्ता लिने समय भित्र बडीगाड गाउपालिकामा एमालेबाट उपप्रमुखकी उमेदवार उषा घिमिरेले आफनो नाम फिर्ता लिएकी छन भने माआवादी केन्द्रबाट प्रमुख पदकी उमेदवार सावित्री आचार्यले नाम फिर्ता लिएकी छिन् ।

बडीगाड गाउपालिकाको प्रमुख पद माओवादी केन्द्रले एमालेका उमेदवार मेहरसिँह पाईजालाई छोडेको छ भने एमालेले उपमेयरमा राजीब घिमिरेलाई समर्थन गर्ने भएको बुझिएको छ । माके र एमाले वीच अन्य केहि वडाहरमा पनि सहमति भएको बताईएको छ ।

यसुैवीच बागलुङ नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयरका उमेदवार कुसुम बुढामगर र निर्मल श्रेष्ठले उमेदवारी फिर्ता लिएका छन् ।गल्कोट नगरपालिकाको विभिन्न पदमा उमेदवारी दिनेहरु कसैले पनि नाम फिर्ता नलिएको बताईएको छ । जैमिनी नगरपालिकामा भने ५ जना वडा अध्यक्ष सहित वडासदस्य गरी १२ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

उता ढोरपाटन नगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवारी दिने सहवीर अर्गेजा र वडा सदस्यमा उमेदवारी दिने चन्द्र्रकली भण्डारीले नाम फिर्ता लिएको समाचारप्राप्त भएको छ ।

निसीखोला गाउपालिकामा कुनैपनि उमेदवारले नाम फिर्ता नलिएको बताईएको छ । निसीखोलामा प्रमुख पदमा स्वतन्त्र उमेदवारी दिएका नेपाली काँग्रेस जिल्ला सदस्य प्रकाश कुँवरले पार्टीका नेताहरुले नाम फिर्तागर्न दबाब दिएपनि आफु पार्टीको उमेदवार नभै जनताको उमेदवार भएकाले उमेदवारी फिर्ता नलिएको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *