फलेवास नगरपालिका वडा नं. ११ का ३५ जना नेपाली कांग्रेसमा प्रवेश

विशन क्षेत्री, पर्वत, २०७४ वैशाख २१ । पर्वत फलेवास नगरपालिकामा एकै वडाका ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस फलेवास नगरपालिकाले बिहिबारदेखि सुरु गरेको चुनावी सभामा वडा नं. ११ पाङ्गराङ्गमा नेकपा एमाले तथा माओवादी केन्द्रबाट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेमा माओवादी केन्द्रका सचिवालय सदस्य लोकराज कुँवर सहित टिकाराम कुँवर, देव बहादुर नेपाली, गणेश पाठक, राजन बराल, जितबहादुर कँडेल, सुमन परियार, भवानीप्रसाद श्रेष्ठ, देवीलाल परियार, ख्याम बहादुर परियार, सुकबहादुर दर्जी, मानकुमारी कुँवर, बिनु कुँवर, निमकला कुँवर, सुकबहादुर दर्जी, पोषराज कुँवर, जीवन कुँवर, राजु परियार, ख्यामबहादुर जिसी, दिपक परियार सहित ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेसका महासमिति सदस्य तथा फलेवास नगरपालिकाका मेयर पदका उम्मेदवार गंगाधर तिवारीले खादा र टिका लगाएर प्रवेश गराएका थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै तिवारीले नगरपालिका भित्र नयाँ संरचना स्थापना गर्ने बताए । नगरपालिका भित्र भएका श्रोत साधनको प्रयोग गरी फलेवास नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने उनले बताए ।
त्यस्तै, नगरपालिका भित्र भौतिक विकास, सडक विस्तार, विस्तार भएका सडकको स्तरोन्नती, कालोपत्रे गर्ने, नगरभित्रका सबै बस्तीहरुमा स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि पहल, सिचाँइ आयोजनाको स्तरोन्नती गरिने उनले बताए । नगरभित्रको जोनकृषी कार्यक्रममा प्राथमिकता, कृषकहरुलाइ विशेष सुविधा, कृषिको आधुनिकीकरण, व्यवसायीकरणका निम्ति नयाँ कृषि प्रविधिको विकास, खेतिपाती, पशुपालन, कृषि एवं पशुजन्य उद्योगका लागि सुलभ ऋणको व्यवस्था गरिने उनले बताए । त्यस्तै शिक्षा, खेलकुद, रोजगारको क्षेत्रमा सीप तथा प्रविधियुक्त कार्यक्रम ल्याउने उनले बताए ।
कार्यक्रममा नै नगरपालिकाका उपमेयर पदका उम्मेदवार रेखा गुरुङ्गले महिला हकहित, विकास निर्माणका कार्य गर्ने बताएकी थिईन् ।
फलेवास नगरपालिका वडा नं. ११ का उपसभापति पूर्ण बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रमको नेपाली कांग्रेसका पूर्व जिल्ला कार्यसमिति सदस्य मानबहादुर भुषालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य कर्णबहादुर सुनारले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *