बागलुङमा राजनीतिक दलबाट मेयर र प्रमुखमा उमेदवार बन्ने अवशर पाएका दुई महिला नेतृ !

बागलुङ २०७४ बैशाख २१ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ४ नगर र ६ गाउपालिका रहेको बागलुङ जिल्लामा क्रियाशील राजनैतिक दलहरुबाट एक जनामात्र महिला उमेदवारले बागलुङ नगरपालिकाको मेयर पदमा मनोयन दर्ता गराएकी छिन् ।

यसरी मेयरमा उमेदवारी दिने महिला नेकपा माओवादी केन्द्रकी कुसुम बुढामगर रहेकी छिन् भने राजनीति दलहरुबाट गाउपालिकाको प्रमुख पदमा उमेदवारी दिने महिलामा नेपाली काँग्रेसकी गण्डकी थापा अधिकारी रहेकी छिन् । अधिकारीले बडीगाड गाउपालिकाको प्रमुख पदमा मनोनयन दाखिला गरेकी हुन् ।

यसप्रकार जिल्लामा क्रियाशील दुई राजनैतिक दलहरुले मात्र स्थानीय तहको निर्वाचनमा एक नगरपालिकाको मेयर र एक गाउपालिकाको प्रमुखमा महिलाहरुलाई अवसर दिएका छन् ।

बागलुङ नगरपालिकाको मेयर पदमा स्वतन्त्ररुपमा मनोनयन दर्ता गराउने तारा सापकोटा एकमात्र स्वतन्त्र महिला उमेदवार बनेकी छिन् %A

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !