नेपाली काँग्रेसले गल्कोटमा चुनावी अभियान सन्चालन गर्ने

गल्कोट २०७४ बैशाख २० । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस गलकोट नगरपालिकाले गाँउ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काग्रेस गलकोट नगर समितिले प्रत्यक वडा तथा गाँउमा पुग्नकालागी गाँउ अभियान सञ्चालन गर्ने भएको हो ।

समितिको आज हटियामा बसेको बैठकले गाँउसम्म पुग्नकालागी गलकोट नगरपालिका भित्रका ११ आटै वडा तथा गाउमा जाने निर्णय गरेको हो । जसअन्तर्गत घनश्याम सुवेदीको संयोजकत्वमा ३ सदस्यीय आर्थिक ब्यवस्थापन समिति, देबेन्द्र बहादुर खत्रीको संयोजकत्वमा ६ सदस्यीय घोषणा पत्र तयार समिति, फम बहादुर खत्रीको संयोजकत्वमा १७ सदस्यीय निर्वाचन परिचालन समिति, पुर्व सांसद निरज पुनको संयाजकत्वमा ७ सदस्यीय बिशेष सल्लाकार समिति, लेक राज खड्काको संयोजकत्वमा ६ सदस्यीय यातयात ब्यवस्थापन समिति, कृष्ण गौतमको संयोजकत्वमा १२ सदस्यीय आचार संहिता निर्माण समिति, गोर्ख भण्डारीको संयोजकत्वमा ६ सदस्यीय युवा परिचालन समिति, चन्द्रमणि न्यौपानेको संयोजकत्वमा ४ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ । प्रचार प्रसारको पहिलो दिन भोलि गलकोट नगरपालिका वडा नम्बर १ बाट अभियान सञ्चालन गरिने नेपाली काग्रेस गलकोट नगरपालिकाले जनाएको छ ।

कार्यक्रम नेपाली काग्रेस गलकोट नगरपालिकाका सभापति नारायध्वज मल्लको अध्यक्षता र नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि यम श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *