बागलुङ नगरपालिकाको उपमेयरमा महिला नउठाउनु एमालेको बाध्यता : सापकोटा

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशख २० । नेकपा एमाले, जनमोर्चा र राप्रपा बागलुङको बुधबार आयोजित संयुक्त चुनावी पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ईन्द्रलाल सापकोटाले बागलुङ नगरपालिकाको चुनावमा बाध्य भएर महिला उपमेयर दिन नसकेको बताए ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयरका उम्मेद्वार एबं एमाले नेता जनक पौडेलले बागलुङ्ग जिल्लालाई नमुना जिल्लाको रुपमा परिचीत गराउनका लागि आफ्नो प्यानललाई मतदान गर्न आग्रह गरेका छन् ।

नेकपा एमाले बागलुङ्ग नगर समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बागलुङ्ग नगरलगायत समग्र जिल्लामा सुशाशन र बिकासको लागि आफ्नो उम्मेद्वारी भएको दाबी गरे । कृषि एबं प्रवृधिमा आधारित बिकास, धर्मिक पर्यटन लगायत संबिधानको रक्षा र बिकासकालागि जिल्लामा राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राष्ट्रबादी शक्तिसित कार्यगत एकता गरेर अगाडी बढेको जानकारी दिए ।

उप मेयरका उमेदवार राप्रपाका सुरेन्द्र खड्काले एकताले जनतामा उत्साह आएको छ र आफुहरुले गुरु योजना तयार गरेर अघि बढ्ने बताए । कार्यक्रममा जजमोर्चाकी लक्ष्मी बास्कोटाले पनि बोलेकी थिईन् । कार्यक्रम गोविन्द गौतमको अध्यक्ष धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो ।

यसैवीच काठेखोला गाउँपालिकामा नेकपा एमालेका उमेदवारहरुले प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन् । उमेदवारी दर्ता गरेको भोलिपल्ट बिहानैदेखि उमेदवारहरु टोल टोलमा कोणसभा, घरदैलो, भेटघाट लगायतका कार्यक्रम शुरु गरेका हुन् ।

गाउँपालिकामा अध्यक्षका उमेदवार अम्मरबहादुर थापा सहितको टोलीले वडा नं. १ पालाको करिनाबाट बुधवारदेखि चुनाव प्रचार अभियान थालेको हो ।
अध्यक्षका उमेदवार थापा सहित विभिन्न वडाहरुका अध्यक्ष तथा वडा सदस्यका उमेदवारहरु, प्रचार विभाग प्रमुख हरिनारायण गौतम तथा गोविन्द खड्का लगायतको टोलीले घरदैलो गरेको हो ।

चुनावी अभियानका क्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष उमेदवार थापाले नेकपा एमालेले राष्ट्रियताको संरक्षण, देशको आर्थिक विकाससंगै सामाजिक र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा गरेका कामहरुको मूल्यांकन गरेर एमालेलाई सहयोग गर्न आव्हान गरेका थिए ।

उनले देश विकासको स्पष्ट खाका सहित राजनीतिको केन्द्रविन्दुमा रहेको एमालेलाई जिताउन सकेमा मात्रै हाम्रो समाजमा आर्थिक विकास, सामाजिक रुपान्तरण संभव रहेको दावी समेत गरे ।

यसैबीच एमालेले काठेखोला गाउँपालिकाका सबै वडाहरुमा भेटघाट, कोणसभा लगायतका कार्यक्रम गरेको छ । उमेदवारी दर्ता गराएर वडामा फर्किएका उमेदवारहरुले प्रचार अभियानका लागि योजना निर्माण गर्ने, भेला तथा अन्तरक्रिया लगायतका कार्यक्रमलाई तिब्रता दिएको वडा नं. ८ का उमेदवार चित्रकला छन्त्याल श्रीसले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल गरी निर्वाचनमा जुटेको एमालेले काठेखोला गाउँपालिकाका ८ वटौ वडामा निर्वाचन प्रचार अभियानका लागि कार्ययोजना निर्माण गरेको छ । अभियान अन्तरगत २१ गते वडा नं. २ भीमापोखरा, २२ गते वडा नंं ६ बिहु, २३ गते वडा नंं ३ धम्जा र २४ गते वडा नं. ४ तंग्राममा अध्यक्ष र उपाध्यक्ष तथा सम्बन्धित वडाका उमेदवारहरु सहितको टोलीले घरदैलो, भेटघाट, कोणसभा, आमसभा लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ ।

यस्तै बैशाख २५ गते वडा नं. ५ विहु, २६ गते वडा नंं ७ रेश र २७ गते वडा नं. ८ लेखानीमा कार्यक्रम गरिने एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतमले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *