चुनाव जिते, बुर्तिबाङ-पोखरा नि:शुल्क बस सेवा सन्चालन गर्ने एमाले उमेद्वार नेपालीको उद्घोष !

निजी लगानीबाट एम्बुलेन्स सेवा,राज्यले दिने सेवा सुविधा विकास निर्माणमा खर्च गर्ने प्रतिवद्धता

कृष्ण कँडेल, बुर्तिबाङ २०७४ बैशाख २० । नेकपा एमालेबाट ढोरपाटन नगरपालिकाको मेयरमा उमेदवारी दिएका देवकुमार नेपालीले आफु निर्वाचित भएमा राज्यले दिने कुनै सेवा सुविधा आफुले नलिने उद्घोष गर्दै आफनो कार्यकाल भर प्राप्त हुने तलब भत्ता सहितको सेवा सुविधाको छुट्टै कोष स्थापना गरी सर्वदलीय निर्णयबाट सामाजिक सुधार एवं विकास निर्माणमा लगानी गर्ने बताएका छन् ।

नेकपा एमालेको ढोरपाटन नगरपालिका संगठन समितिले बुधवार बुर्तिवाङमा आयोजना गरेको मेयर, उपमेयर तथा वडा अध्यक्ष सहितका उम्मेद्धार विच परिचयात्मक कार्यक्रममा बोल्दै नेपालीले यस्तो बताएका हुन् ।

उनले परिचयात्मक कार्यक्रममा नगरभित्र स्वास्थ्य उपचारमा नागरिकको पहुँचका लागि आफ्नो निजी लगानीबाट एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपालीले आर्थिक अबस्था कमजोर भएका विपन्न तथा गरिब नागरिकका लागि बुर्तीबाङदेखि पोखरासम्म एउटा निशुल्क बससेवा सञ्चालन गर्ने पनि बताए ।
कार्यक्रममा उपमेयरकी उम्मेदवार करमती घर्तीले नगरको विकाश र समृद्धिका लागि सँधै प्रतिबद्ध भएर काम गर्ने बताएकी थिईन् ।

कार्यक्रममा एकाले नेता मोहनलाल शर्मा, नेकपा एमाले प्रदेश नम्बर–४ का संघियमामिला तथा स्थानिय विकास बिभाग सदस्य टंकप्रसाद पौडेल, ढोरपाटन नगर निर्वाचन परिचालन समितिका संयोजक केशर छन्त्याल, कम्युनिष्ट अगुवा दधिराम शर्मा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम ढोरपाटन नगरसंगठन समितिका संयोजक लक्ष्मण पुनको अध्यक्षता र सचिब ज्ञानप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *