साताको तस्वीर : आकाशबाट बागलुङ !

झट्ट हेर्दा नेपालको नक्शा जस्तो लाग्ने बागलुङ जिल्लाको भौगालिक बनावट अति सुन्दर, मनमोहक एवं चित्ताकर्षक छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङ जिल्ला पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण त छँदैछ, यहाँको उव्जाउ भूमि, अविरल बगिरहने नदी नालाहरु, बनवृक्षले ढाकिएका पहाडहरु, स्थानीय प्रविधिबाट निर्मित साँघु, झोलुंगे पुलहरु, अग्ला लेकहरु, घना जंगलहरु, दुर्लभ बन्यजन्तु आदि कारणबाट बागलुङ जिल्लाले आफनै पहिचान बनाउन सफल भएको छ ।

जिल्लामा बसोवास गर्ने जातजातिका आआफनै संस्कार, परम्परा र भेषभूषा, मीठो बोलिबचन, न्यायो आतिथ्यता आदि विविध कारणले बागलुङ जिल्ला धेरैका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

यति रमणीय बागलुङ जिल्ला आकाशबाट हेर्दा कस्तो देखिन्छ त, हेरौँ इबागलुङका फोटो संपादक किरण आचार्यले हेलिकप्टरबाट खिचेका केहि तस्वीरहरु:

सदरमुकाम बागलुङ बजारको मनोरम दृश्य

बागलुङकी प्रशिद्ध कालिका देवीको मन्दिर रहेको रमणीय जंगल ।

जिल्लाको मध्यखण्ड दरम खोलाले चिरेको गल्कोट उपत्यका ।

बाईसी चौवीसी राज्यकालमा गल्कोट राज्यको राजधानी रहेको हरिचौर ।

रिघा र सिसाखानी वीच भएर बग्ने गिरङ्दी खोलाले बनाएको खोँच ।

२०७३ साल साउन १० र ११ गते आएको भीषण वर्षा, बाढी र पहिरोले क्षती पुगेको बोँगादोभान बजार ।

अधिकारीचौरको गादी खोला र त्यसको आसपासमा रहेको रमणीय बस्ती ।

कालीगण्डकी र मंगला नदीको संगममा अवस्थित म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *