बागलुङमा मनोनयन दर्ता शान्तिपूर्ण : कुन नगर र गाउपालिकामा को को उमेदवार बने ? (नामावली)

बागलुङ २०७४ बैशाख २० । बीस वर्ष पछी हुन लागेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले उत्साहजनक रुपमा उमेदवारी दर्ता गराएर व्यापक सहभागिता जनाएका छन् । हिँजो बैशाख १९ गते बागलुङ जिल्लाका निर्वाचन कार्यालयहरुमा शान्तिपूर्वक उमेदवारी मनोनयन कार्यक्रम सम्पन्न भएको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

उमेदवारी दर्ताक्रममा कतै एमाले र राष्ट्रिय जनमोर्चावीच, कतै नेपाली काँग्रेस र माओवादी केन्द्रवीच त कतै एमाले, राप्रपा र राजमोवीच चुनावी तालमेल गरेर मनोनयन दर्ता गरिएको दृश्यहरु देखिए ।

त कतै मनोनयन दर्ता गर्ने अन्तिम समयमा आएर पार्टी नै परिवर्तन गरी उमेदवारी दिएको परिदृश्यपनि देखियो भने कतै पार्टीले गरेको चुनावी तालमेलबाहिर गएर स्वतन्त्ररुपमा उमेदवारी प्रस्तुत गरेको देखियो ।

ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उमेदवारीलाई लिएर उत्पन्न विवादका कारण माओवादी केन्द्रका नेता देवकुमार नेपालीले अन्तिम समयमा पार्टी नै परित्याग गरी एमालेमा प्रवेश गरेर मेयरमा मनोनयन दर्ता गरेको घटना जिल्लामा सर्वाधिक चर्चाको विषय बन्न पुग्यो भने उता बरेङ गाउपालिकामा माओवादी केन्द्रका नेता लिलबहादुर थापाको छोरा प्रदिप थापालाई प्रमुख बनाएर काँग्रसले उपप्रमुखमा दाबेदारी प्रस्तुत गरेपछी रुष्ठ बनेकी माओवादी केन्द्रकी जुझारु महिला नेतृ चिनीमायाँ कालामगरले उपप्रमुखमा स्वतन्त्र भएर मनोनयन दर्ता गराईन् ।

राजनीतिक दलहरुवीच जिल्ला र स्थानीयरुपमा भएका चुनावी तालमेलले कतै मूर्तरुप लियो भने कतै लिन सकेन । एमाले र राजमो वीचको चुनावी तालमेल ढोरपाटन नगरपालिका, बडीगाड, तमान आदि गाउपालिकाहरुमा लागु भएन ।

निर्वाचन तालिका अनुसार बैशाख २२ गते उमेदवारको अन्तिम नामावली प्रकाशित भएपछी जिल्लाको चुनावी दृश्य छर्लंग हुनेछ ।

जिल्लाका ४ नगरपालिका र ६ गाउपालिकाहरुमा विभिन्न पदहरुमा राजनीतिक दल र स्वतन्त्ररुपमा उमेदवारी दिनेहरुको नामावली यसप्रकार रहेको छ-

बागलुङ नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर र उपमेयरमा बसन्तकुमार श्रेष्ठ र सकुन्तला शर्मा एमालेबाट जनक पौडेल र राप्रपाका सुरेन्द्र खडका, माओवादी केन्द्रबाट कुसुम बुढा मगर र निर्मलबहादुर श्रेष्ठ, स्वतन्त्र रुपमा मेयरमा तारा सापकोटा र उपमेयरमा ताराकुमारी रिजालले उम्मेदवारी दिएका छन् ।

नेपाली काग्रेसको तर्फबाट बानपा–१ को अध्यक्षमा प्रकाश आचार्य, २ मा सुरेन्द्र बोसेल, ३ मा जितबहादुर कार्की, ४ मा हरि जिसी, ५ मा फूलप्रसाद सापकोटा, ६ मा बालकृष्ण सापकोटा, ७ मा दिलबहादुर पराजुली, ८ मा छमबहादुर कार्की, ९ मा राजु थापा, १० मा दलबहादुर थापा, ११ मा ज्ञानेन्द्र गौतम, १२ मा कोपिलामणी शर्मा, १५ मा नारायण शर्मा पौडेल र १६ मा चक्रबहादुर खत्रीले मनोनयन दाखिला गरेका छन् ।

नेकपा एमालेको तर्फबाट बानपा–१ मा दुर्गावहादुर बोहरा, २ मा जीवन आचार्य, ३ मा संयुक्त प्यानलको तर्फबाट लक्ष्मी वास्कोटा, ४ मा धुव्र केसी, ५ मा शिवप्रसाद सापकोटा, ६ मा खेमराज सापकोटा, ७ मा खगराज पाण्डे, ८ मा राजन जिसी, ९ मा गणेश थापा, १० मा प्रेमबहादुर थापा, ११ मा दलबहादुर पुन, १२ मा गुरुदक्त पाठक, संयुक्त प्यानलबाट प्रेमबहादुर रोका र भूमिराज शर्माले उमेदवारी दिएका छन् ।

त्यस्तै माओवादी केन्द्रको तर्फबाट बानपा–१ मा रामबहादुर केसी, २ मा बद्रीनारायण शर्मा, ३ मा रतन मलेपति, ४ मा कृष्णबहादुर जिसी, ६ मा कविराम किसान, ७ विकास विक, ८ मा टोपबहादुर खडका, १२ मा जीवन शर्मा, १३ मा रेशमबहादुर क्षत्री र १४ मा धुर्व परियारले उमेदवारी दिनुभएको बताइएको छ । माओवादी केन्द्रले बानपा ५, ९, १० र ११ मा सदस्य पदमा मात्र उम्मेदवारी दिएको छ ।

राष्ट्रिय जनमोर्चाबाट वडा नम्बर ३ मा लक्ष्मी बाँस्कोटा, वडा नम्बर १३ मा प्रेम रोका र १४ मा ढुण्डिराज शर्मा वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।

जैमिनी नगरपालिकामा कांग्रेसका तर्फबाट इन्द्रराज पौडेल मेयर, कौशिला बिश्वकर्मा उपमेयर, संयुक्त प्यानलका तर्फबाट मेयरमा राजमोका नरबहादुर पुन, उपमेयरमा एमालेका लिला राना, माओवादीकाका तर्फबाट मेयरमा शोभाप्रसाद शर्मा, उपमेयरमा देवी शर्मा, राप्रपाका तर्फबाट मेयरमा केशव सापकोटा, उपमेयरमा चिना केसी, नयाँ शक्ति पार्टीका तर्फबाट मेयरमा प्रकाशबहादुर क्षत्री, उपमेयरमा रेवती थापा र स्वतन्त्रबाट उपमेयरमा लालबहादुर छन्त्यालको उम्मेदवारी दर्ता गरेका छन् ।

गल्कोट नगरपालिकामा नेकाबाट भरत शर्मा गैरे मेयर, रेणुका काउचा उपमेयर, नेकपा माओवादी केन्द्रबाट फमलाल न्युरे मेयर र ललिता थापा उपमेयर, एमाले नेतृत्वको संयुक्त प्यानलबाट राजमोका टकं केसी मेयर, एमालेका रत्ना भण्डारी उपमेयर र नयाँ शक्ति पार्टीका तर्फबाट बमबहादुर तमुको मेयरमा उम्मेदवारी परेको छ ।

ढोरपाटन नगरपालिकामा कांग्रेसकाबाट अर्जुन शेरचन मेयर, दिलमाया पौवी उपमेयर, एमालेका तर्फबाट देवकुमार नेपाली मेयर, करमति पुन उपमेयर, माओवादी केन्द्रबाट शेरमान घर्ति मेयर र उपमेयरमा मसिहा पार्टीकी बिपस्ना मगर सुनार, जनमोर्चाका तर्फबाट मेयरमा गौरिश्वर पाण्डे र दुर्गादेवी घर्तीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

गाउँपालिका

काठेखोला गाउपालिकामा नेपाली काग्रेसको तर्फबाट प्रमुखमा होमबहादुर हमाल, उपप्रमुखमा ज्ञानकुमारी श्रीस, नेकपा एमालेको तर्फबाट प्रमुखमा अमर थापा, उपप्रमुखमा अन्जु जिसी, संयुक्त प्यानलबाट अर्जुन खत्री, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा लिलाराम सुनार र उपाध्यक्षमा लक्ष्मी खड्काले उमेदवारी दिएका छन् ।

बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेर गरी माओवादीका प्रदिप थापाले प्रमुख र कांग्रेसकी बिष्णुमाया बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।

माओवादी केन्द्रकी चिनिमाया कालामगरले उपप्रमुखमा र वडा नम्बर ४ सल्यानबाट वडा अध्यक्षमा लिला खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

ताराखोला गाउँपालिका नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा डण्डपाणी कंडेल, उपप्रमुखमा चन्द्रकली रोका पुन, एमाले जनमोर्चाको संयुक्त प्यानलबाट प्रमुखमा पूर्ण चालिसे, उपप्रमुखमा सञ्जयकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट प्रकाश घर्ति प्रुमख, उपप्रमुखमा डिलकुमारी पुन, संघिय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त प्यानलबाट रामबहादुर घर्ति प्रमुख, राप्रपाबाट प्रमुखमा खिमलाल कंडेल, स्वतन्त्रबाट ऋषिराम रोकाले प्रमुखमा उम्मेदवारी दिएका छन् । राप्रपाबाट ७८ वर्षिया तिलचना रोकामगरले ताराखोला ५ धस्मर बाट सदस्य पदमा मनोनयन दर्ता गरेकी छिन् ।

बडीगाड गाउँपालिकामा नेपाली कांग्रेसबाट गण्डकी थापा अधिकारी प्रमुख, अमरबहादुर श्रीस उपप्रमुखको उम्मेदवार बनेका छन् भने नेकपा एमालेबाट मेयरसिहं पाइजा प्रमुख, उषा घिमिरे उपप्रमुख, माओवादी केन्द्रबाट राजिव घिमिरे प्रमुख, शिवजी आचार्य उपप्रमुख र राष्ट्रिय जनमोर्चाबाट भिमसेन बन प्रमुख, रुनमाया थापाले उपप्रमुखमा उमेदवारी दिएका छन् ।

निसीखोला गाँउपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा तारानाथ पौडेल, उपप्रमुखमा शोभा कार्की, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा खिमविक्रम शाही र उपप्रमुखमा एमालेबाट रुद्र पौडेल, माओवादी केन्द्रबाट प्रमुखमा प्रेमबहादुर घर्ती उपप्रमुखमा यशोदा रेग्मीको मनोनयन दर्ता भएको छ ।

तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट जोकलाल बुढा प्रमुख, मानसरी शेरचन उपप्रमुख, एमालेका तर्फबाट दलप्रसाद सापकोटा प्रमुख, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा श्रीप्रसाद श्रीर्पाली र उपप्रमुखमा डोरबहादुर क्षत्रीलाई उम्मेदवार बनाइएको छ ।

तमानखोलाको वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा नम्बर ३ मा गिरबहादुर घर्ति, ६ मा कुलबहादुर छन्त्याल, महिला सदस्यमा वडा नम्बर ३ मा मनकुमारी बुढाथोकी, ६ मा एमालेकी मैनादेवी छन्त्याल, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी भुलमति श्रीपाली, ६ मा माओवादी केन्द्रकी निर्मलादेवी बिकको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिए ।

खुल्ला सदस्यमा नेपाली कांग्रेसका वडा नम्बर ३ बाट गोविन्द बुढा र होमबहादुर घर्ति, वडा नम्बर ६ बाट लोकबहादुर छन्त्याल र माओवादी केन्द्रको थमप्रसाद रसाइलीको मात्र उम्मेदवारी परेको छ ।

६ वार्ड रहेको गाउँपालिकामा ३२ पदका लागि कांग्रेसबाट २९, एमालेबाट १२, माओवादी केन्द्रबाट २३ र राष्ट्रिय जनमोर्चाबाट १ जना गरेर जम्मा ६५ जनाको उम्मेदवारी परेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *