गल्कोटमा कुन राजनीतिक दलले कस्लाई मेयर र कस्लाई उपमेयरमा लडायो ?

बालकृष्ण सुवेदी, गल्कोट २०७४ बैशाख १९ । गल्कोट नगरपालिकामा क्रियाशिल प्रमुख राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गरेका छन ।

नेपाली काङ्ग्रेसबाट मेयरमा भरत शर्मा गैरे र उपमेयरमा रेनुका काउचाले मनोनयन दर्ता गरेका छन । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले चुनाबी तालमेल गरेका छन । मेयरमा जनमोर्चाका टंक केसी र उपमेयरमा एमालेका रत्ना भण्डारीले मनोनयन दर्ता गराएका छन ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले मेयरमा फमलाल निउरे र उपमेयरमा ललिता थापालाई उठाएको छ ।

त्यसैगरी नयाँ शक्ति नेपालका बम तमुले मेयरना मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ । राजनीतिक दलहरुले रेली सहित उम्मेद्बारी दर्ता गराएका थिए ।

नेपाली काग्रेसले अबेर उमेदवार छनोट गरेको र जनमोर्चा र एमालेको चुनाबी तालमेलको भागबन्डाको कारण उम्मेद्बारी दर्ता प्रक्रिया अपराह्न देखि सुरु भएको थियो ।

त्यसैगरि ताराखोला गाउपालिकामा नेपाली काग्रेसबाट प्रमुखमा दण्डपाणि कडेल, उपप्रमुखमा चन्द्रकुमारी रोका, नेकपा माओबादी केन्द्रबाट प्रमुखमा प्रकाश घर्ती, उपप्रमुखमा डिल कुमारी पुन त्यस्तै चुनावी तालमेल गरेका नेकपा एमाले र राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा पुर्णा चालिसे, उपप्रमुखमा एमालेका सञ्जयकुमार श्रेष्ठ, त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका खिमलाल कडेलले प्रमुखमा उमेद्धारी दर्ता गरेका छन ।

त्यस्तै स्वतन्त्रबाट प्रमुखमा ऋषिराम रोका र उपप्रमुखमा सन्त कुमारी रोकाले मनोनयन दर्ता गराएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *