ढोरपाटनमा वाम तालमेलले हावा खायो : एमालेबाट देवकुमार नेपालीले मेयरमा दर्खास्त हाले !

बुर्तिवाङ २०७४ बैशाख १९ । ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चा र एमाले वीचको चुनावी तालमेल विग्रिएको छ । माओवादी केन्द्रका नेता तथा ईमेज सहकारीका अध्यक्ष देवकुमा नेपाली एमालेमा प्रवेश गरी एमालेबाट मेयरमा मनोनयन दर्ता गरेका छन् भने राजमोबाट गौरीश्वर पाण्डे र उपमेयरमा दुर्गादेवी घर्तीले मनोनयन दाखिल गरेका छन् । एमालेले उपमेयरमा कर्मती घर्तीलाई उम्मेदवार बनाएको छ ।

विहान सम्म माओवादी केन्द्रमा चन्द्र अर्याल र शेरमान घर्तीवीच मेयर पदलाई लिएर हानालुछी भएपछी तुलसी अर्याल र देवकुमार नेपाली मध्य एकजना मेयरमा उमेदवारी दिने चर्चा भैरहेको अवस्थामा शेरमान घर्तीको नाममा सहमती बनेको थियो ।

तर केहि घण्टाको चलखेल पश्चात दर्खास्त दिने केहि समय अगाडी देवकुमार नेपाली निधारमा टीका र माला लगाएर जुलुस सहित एमालेमा प्रवेश गरी मेयरमा मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

एक्कासी एमालेबाट उम्मेद्वारी दर्ता भएपछि राजनितिकर्मी र नागरिकले समेत स्थानिय राजनितिक वृत्तमा निकै ठुलो आश्चार्य व्यक्त गरेका छन् । एमालेको प्यानलबाट वडा नम्बर–२ को अध्यक्षमा माओवादी नेता ददिराम शर्माको उम्मेद्वारी परेपछि ढोरपाटन नगरको चुनावी गणित अन्तिम समयमा आएर एकाएक फेरिएको देखिएको छ । केहि समय देखी देवकुमार नेपालीको प्रशासनिक निकटताले एमाले तिर झुकाव बढ्दै गएको राजनीति बृत्तमा टिप्पणी हुने गरेको थियो ।

अन्तिम समयमा आएर ढोरपाटनमा एमाले र राजमो वीचको सहकार्यले मुर्तरुप लिन नसकेपछीको उत्पन्न परिस्थितिले अन्य नगर र गाउँपालिकाको तालमेलमा समेतमा बिग्रह ल्याउने निश्चित भएको चर्चा व्यापक बनेको छ ।

समाचार श्रोतका अनुसार राजमो र एमाले वीच भएको चुनावी तालमेल बडीगाड र तमान गाउपालिकामा पनि सफल हुन सकेन ।

यसैवीच ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रबाट शेरमान घर्तीले मेयर र उपमेयरमा विपस्ना मगर सुनारले मनोनयन दर्ता गराएका छन् ।

राजमो र एमालेवीच चुनावी तालमेल भए बमोजिम निसीखोला गाउपालिकामा राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही अध्यक्ष, नेकपा एमालेका रुद्र प्रसाद पौडेल उपाध्यक्ष वडा नं १, ३, ४, ५ राष्ट्रिय जनमोर्चाको वडा अध्यक्ष, २, ६ र ७ एमालेको वडा अध्यक्ष हुने सहमति अनुसार मनोनयन दर्ता गराएका हुन् ।

उता तमानखोला गाउपालिकामो भन माओवादी केन्द्र र राजमोवीच चुनावी तालमेल बनेको छ । दुई पार्टीको सहमति अनुसार माओवादी केन्द्रका सूर्य श्रीपाली अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका डोरबहादुर क्षेत्री उपाध्यक्षमा मनोनयन दर्ता गरिएको छ।

नयाँ शक्ति नेपाल पार्टीले प्रमुखमा टेकबहादुर कुँवरलाई उम्मेद्वार बनाएको छ । राष्ट्रिय जनमोर्चाका स्थानिय नेता सहविन अर्गेजाले ढोरपाटन नगरको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका। छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *