सीवाईसीका अध्यक्ष शर्माको घरमा आगलागी

बागलुङ २०७४ बैशाख १९ । बागलुङ नगरपालिका ३ गुठी नागटोलमा केहि समय अघि एक घरमा आगलागि भएको छ ।

चारतारे युवा क्लब सीवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्माको घरको एक कोठामा आगलागि भएको बताईएको छ । भाडामा बस्ने मानिसको कोठामा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगोलागिको कारण र भएको क्षतीको विवरण आउन बाँकी छ ।

प्रहरी र स्थानीयवासी प्रयासमा आगो नियन्त्रणमा आएको छ । आगो निभाउन बारुणयन्त्र दमकल पनि प्रयोग गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *