काँग्रेस, एमाले र माकेव्दारा बागलुङ नगरपालिकाको विभिन्न पदहरुमा मनोनयन दर्ता !

बागलुङ २०७४ बैशाख १९ । निर्वाचन अधिकारीको कार्यालयमा नेपाली काँग्रेसबाट मेयर र उपमेयरका उमेदवारहरु बसन्त कुमार श्रेष्ठ र सकुन्तला शर्माले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी नेपाली काँग्रेसबाट बागलुङका अन्य वडाहरुबाट समेत उमेदवारी दर्ता भएको छ ।

यसैगरी नेकपा एमालेका तर्पmबाट बागलुङ नगरपालिकाको मेयरमा जनक पौडेलले उमेदवारी दिएका छन भने राप्रपका तर्फबाट सुरेन्द्र खड्काले उपमेयर पदमा दर्खास्त हालेका छन् । एमाले, राजमो र राप्रपावीच चुनावी तालमेल भएको बताईएको छ ।

दुबै दलका उमेदवारहरु जुलुस सहित मनोनयन दर्ता गर्न निर्वाचन अधिकारीको कार्यालयमा पुगेका थिए ।

यसैवीच बागलुङ नगरपालिका-६ साविक लहरेपिपलकी तारा सापकोटाले पनि मेयर पदमा स्वतन्त्र उमेदवारी दिएको बताएकी छिन् ।

माओबादी केन्द्रबाट मेयरमा कुसुम बुढा उप मेयरमा निर्मल बहादुर श्रेष्ठ, त्यसैगरि नया शक्ति र संघिय समाजबादी बिच तालमेल गरि सघिंय समाजबादीका रेश थापा प्रमुख र संघिय समाजबादीका तारा शर्मा उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *