नेपाली काँग्रेसबाट ढोरपाटनको मेयरमा शेरचन र उपमेयरमा पौवीको उम्मेद्वारी दर्ता

कृष्ण कँडेल, बुर्तिबाङ २०७४ बैशाख १९ । नेपाली काँग्रेसले पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा मेयर, उपमेयर सहित ९ वटै वडाका अध्यक्ष तथा सदस्यको उम्मेद्वारी दर्ता गरेको छ ।

नेपाली काँग्रेसबाट मेयरमा पार्टीका महाधिवेशन प्रतिनिधि अर्जुन शेरचन र उपमेयरमा दिलमायाँ रामदाम पौविको उम्मेद्वारी दर्ता भएको छ ।
वडा नम्बर–१ को अध्यक्षमा अशोक विश्वकर्मा, २ मा अने थापा मगर, ३ मा रामबहादुर कुँवर, ४ मा गोरख बहादुर राना र ५ मा चन्द्रकुमार गौतमको उम्मेद्वारी दर्ता भएको छ ।

त्यस्तै ६ नम्बर वडाको अध्यक्षमा जीवनकुमार अदै, ७ मा होमबहादुर थापा, ८ मा हेमप्रसाद विक र वडा नम्बर–९ मा पदम पुनको उम्मेद्वारी दर्ता भएको छ ।

९ ओटै वडामा १ दलित महिला, एक खुल्ला महिला र २ खुल्ला सदस्य गरि काँग्रेशले ४७ जनाको प्यानल सहित दिउसो सवा २ बजे उम्मेद्वारी दर्ता गरेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *