स्थानीय तहको निर्वाचन : पौने २ बजे सम्ममा एक उपमेयर सहित ५ जनाको उमेदवारी दर्ता !

बागलुङ २०७४ बैशाख १९ । निर्वाचन आयोगले प्रकाशित गरेको कार्यक्रम अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आज विहान १० बजेदेखी ५ बजेसम्म विभिन्न पदमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन अधिकारीको कार्यालय बागलुङमा यो समाचार लेखिरहँदा दिनको पौने २ बजेसम्म राजनीतिक दलहरुबाट विभिन्न पदहरुमा उमेदवारी दिनेहरुको बाख्लो उपस्थिति रहेको छैन ।

हाल सम्म साविक पैयुँपाटा गाविसकी २२ वर्षिया सुजाता रिज्यालले बागलुङ नगरपालिकाको उपमेयर पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएकी छिन् भने बानपा २ को वडा अध्यक्ष र सदस्यमा माओवादी केन्द्रका बद्रीनारायण शमा र धर्मराज शर्माले मनोनयन पेस गरेको बुझिएको छ ।

यसैगरी बानपाको वडा नं ३ को वडा अध्यक्षमा दिनेश पन्त र सदस्यमा पुष्पाकुमारी क्षेत्रीले सदस्यमा स्वतन्त्र उमेदवारी दिएको जानकारी प्राप्त भएको छ ।
यसैवीच नेकपा एमालेबाट काठेखोला गाउपालिकाको प्रमुखमा अमर थापाको उमेदवारी दर्ता भएको छ भने उपाध्य़क्षमा राजमोका तर्फबाट अर्जुन खत्रीको मनोनयन दर्ता भएको निर्वाचन कार्यलय काठेखोला गाउँपालिका कार्यलयका प्रमुख धुै्रव गिरीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *