वडीगाड गाउपालिकामा युवा संघको मोटरसाइकल र्याली सम्पन्न !

खर्वाङ २०७४ बैशाख १९ । नेकपा एमाले संवद्ध युवा संघ नेपाल वडीगाड गाउँपालिकाको आयोजनामा चुनाव प्रचार अभियान अन्तर्गत मोटरसाइकल र्याली सम्पन्न भएको छ । वडीगाड २ खर्वाङ वाट सुरु भएको सो मोटरसाईकल र्याली भिमगिठेमा पुगेर समापन भएको थियो ।

र्यालीको क्रममा वडिगाड ५ ग्वालीचौरको न्वार, खार, र वडा नं. ७ को भिमगिठे वजारमा कोण सभा सम्पन्न भएका छन् । न्वारको कोणसभामा एमाले वडिगाडका अध्यक्षका उमेद्वार मेयर सिंह पाईजा, र नेकपा एमाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनले सम्बोधन गरेका थिए ।

त्यस्तै खारको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपसचिव विष्णु भुसाल, भिमगिठेमा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम खरेल र उमेद्वार मेहरसिंह पाइजाले सम्बोधन गरेका थिए ।

कोणसभाको सम्बोधन गर्दै नेताहरुले वडीगाड गाउँपालिकामा एमालेको जित सुनिश्चित भएको वताएका थिए । त्यस्तै देशमा विकसित घटनाक्रम भारतको डिजाइनमा भएको र निर्वाचन नगर्ने षड्यन्त्र भएको आरोप समेत लगाएका थिए ।

कार्यक्रम युवा संघ वडीगाड गाउँकमिटिका अध्यक्ष बुद्ध थापाको अध्यक्षता तथा निर्वाचन आर्थिक परिचालन समितिका संयोजक कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *