सिवाईसीव्दारा एक अर्की नयाँ बुहारीको स्वागत !

सुमन जि.सी बागलुङ, २०७४ बैशाख १९ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सञ्चालनमा ल्याएको आफ्नो नयाँ कार्यक्रम नयाँ बुहारी स्वागत अन्तर्गत सोमवार नयाँ बुहारीलाई स्वागत गरेको छ ।

बागलुङ नगरपालिका वडा नं. २ स्थीत संस्थाका शेयर सदस्य टेक नारायण के.सी र मिना के.सीका जेष्ठ सुपुत्र डा. सुदिप के.सी.को म्याग्दी जिल्ला साविक बाबीयाचौर गाविस वडा नं. १ नीवासी सुस्मा के.सी. संग आईतावार बैबाहीक कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका तर्फवाट गएकोे टोलीले सोमवार भएको प्रतिभोजको अवसरमा नवविवाहीत जोडीलाई प्रवन्धक नवराज शर्माले टिका, कोषाध्यक्ष विमला गुरुङले खादा र उपाध्यक्ष गितादेवी रेग्मीले बधाई तथा शुभकामना पत्र मार्फत स्वागत गरेका थिए ।

जिल्लाको बा.न.पा.–१ रामरेखा स्थीत शेयर सदस्य डिलवहादुर के.सीका जेष्ठ सुपुत्र बाबुराम के.सीको पोखरा उपमहानगरपालीका वडा नं. ४ निवासी लक्ष्मी के.सीसंग सम्पन्न भएको बैवाहीक कार्यक्रम र बा.न.पा. ५ स्थीत शेयर सदस्य हरिप्रसाद उपाध्याय का कान्छा छोरा तथा शेयर सदस्य प्रज्ञा उपाध्यायका भाई प्रतिष्था उपाध्यायको म्याग्दी जिल्ला बेनी नगरपालीका वडा नं. ८ नीवासी मनिषा सुवेदीसंग सम्पन्न भएको बैवाहीक कार्यक्रमका अवसरमा संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्माको टोलीले के.सी. र उपाध्यायको घरमै पुगेर नयाँ बुहारी के.सी. र सुवेदीलाई टिका, खादा र बधाई तथा शुभकामना पत्र सहति स्वागत गरेको छ । सोही अवसरमा नयाँ बुहारी के.सी र सुवेदीलाई संस्थाले शेयर सदस्य समेत प्रदान गरेको छ ।

संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी साही कोष मार्फत सदस्यको घरमा हुने जन्म देखि मृत्यूसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्टर्स क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको संस्थाले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *