माओवादी केन्द्रले बागलुङ, गल्कोट र जैमिनीको मेयरमा बुढा, न्यूरे र शर्मालाई उठाउने

बागलुङ २०७४ बैशाख १९ । माओवादी केन्द्रले बागलुङ जिल्लाका नगर र गाउपालिकाका उमेदवारको टुंगो लगाएको छ । बागलुङ नगरपालिकामा मेयरमा कुसुम बुढा, गल्कोट नगरपालिकाको मेयरमा फमलाल न्यूरे र उपमेयरमा ललिता थापा, जैमिनीमा शोभाप्रसाद शर्मा मेयर, उपमेयरमा देवी शर्मा तथा ढोरपाटन नगरपालिकामा स्थानीय कमिटीलाई जिम्मा दिइएको केन्द्रका प्रचार बिभाग प्रमुख कृष्ण केसीले जानकारी दिए ।

ढोरपाटनमा चन्द्र अर्याल र शेरमान घर्ती दुबै मेयर पदको दाबेदारीबाट पछी नहटेपछी दुई मध्य कसलाई उमेदवार बनाउने भन्ने विषयमा केन्द्र छलफलमै रहेको बताईएको छ ।

काठेखोला गाउँपालिकामा कृष्ण थापा प्रमुख, लक्ष्मी खड्का उप–प्रमुख, बरेङ गाउँपालिका प्रमुखमा प्रदिप थापा, उप–प्रमुखमा चिनिमाया काला, बडिघाट गाउँपालिका प्रमुखमा राजिव घिमिरे प्रमुख, उप–प्रमुखमा लक्ष्मी बुढा, ताराखोला गाउँपालिकामा प्रकाश घर्ति प्रमुख र उपप्रमुख भने स्थानीय स्तरमा टुंग्याउने गरी निर्णय गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढा ‘सागर’ले बताए ।

निसीखोलामा प्रेम घर्ति प्रमुख र उपप्रमुखमा यशोदा रेग्मी, तमानखोलामा सुर्य सिर्पाली प्रमुख र निलकुमारी पुन उपप्रमुखका उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *