एमाले र राजमो बीच चुनावी तालमेल : एमालेलाई बागलुङ नपा र ४ गाउपालिका …

बागलुङ, २०७४ बैशाख १९ । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा मिलेर जाने सहमति भएकोे छ ।

जिल्लाका ४ नगरपालिकाहरु मध्य नेकपा एमालेले बागलुङ नगरपालिका पाएको छ भने बाँकी जैमिनी, ढोरपाटन र गल्कोट राष्ट्रिय जनमोर्चाको भागमा पारिएको छ ।

राष्ट्रिय जनमोर्चाले बरेङ र तमान खोला गाउपालिकाहरुमा उमेदवारी दिने भएको छ भने सहमति अनुसार एमालेले काठेखोला, बडीगाड खोला, निसी खोला र ताराखोलामा उमेदवारी दिने भएको छ ।

एमाले र जनमोर्चावीच जिल्लामा भएको चुनावी तालमेललाई नगर र गाउपालिकाहरुका कार्यकर्ताहरुले कसरी लिन्छन भन्ने प्रष्ट खाका भने बाहिर आउन बाँकी नै छ ।

यसैवीच नेकपा एमालेले बागलुङ नगरपालिकाको मेयरमा जनक पौडेल र उपमेयरमा गिता शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गए रातिको बार्ता पछी एमालेले राप्रपासंग चुनावी तालमेल गरी उपमेयर पदमा उमेदवारी नदिने सहमतीको सन्निकट पुगेको श्रोतले बतायो । तर यसको पुष्टी हुन बाँकी नै छ ।

एमालेले ताराखोला गाउँपालिका प्रमुखमा संञ्जय श्रेष्ठ र उपप्रमुखमा हिरादेवी घर्ती, काठखोला गाउपालिकामा एमालेका तर्फबाट अध्यक्षमा अमरबहादुर थापा र उपाध्यक्षमा अञ्जु जि.सी. (हुमा)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अध्यक्षका प्रत्यासी थापा एमाले जिल्ला सदस्य तथा उपाध्यक्षका प्रत्यासी जिसी जिल्ला सचिवालय सदस्य एवं काठेखोला गाउपालिका संगठन कमिटिको सहसंयोजक हुन । एमाले बागलुङ जिल्ला कमिटिले अध्यक्षमा ३ जना र उपाध्यक्षमा ३ जनाको नाम प्रदेशमा सिफारिस गरेको थियो ।

एमालेले काठेखोला गाउपालिका वडा नं. १ मा चन्द्रकला थापाको नेतृत्वमा, वडा नं. २ भीमापोखरामा विद्यापती शर्माको नेतृत्वमा, ३ धम्जामा याम श्रीसको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको छ ।

यस्तै वडा नं. ५ उपल्लो बिहुमा डिल्लीप्रसाद कंडेल, वडा नं. ६ तल्लो बिहुमा युक्तप्रसाद कंडेल, वडा नं. ७ रेशमा प्रेम लामिछाने तथा वडा नं. ८ लेखानीमा चित्रकला छन्त्यालको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको एमालेले जनाएको छ ।

वडा नं. ४ तंग्राममा यामबहादुर पुन र रणबहादुर थापा मध्ये एक जनालाई अगाडि बढाउने तयारी भएको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *