विप्लप समुहद्वारा स्थानीय तह निर्वाचनको खारेजीको माग

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १८ । कथित स्थानीय निर्वाचनको खारेज गरौ बैज्ञानिक समाजवादीको व्यावस्थाको लागी संघर्ष गरौं भन्दै जिल्ला जन परिषद्ले बागलुङमा प्रेस विज्ञप्ती प्रकाशन गरेको छ ।

देशमा संक्रमणकालीन अवस्था रहेकोले भारतीय साम्राज्यवादको ईशारामा देशलाई अस्थिर राज्य बनाउनको लगाी सरकार देशमा विभिन्न खालको घटना घटाईरहेको आरोप विप्लप समुहले लगाएको छ ।

उक्त पार्टीले देशमा सुरक्षा न्यायिक लगायत राज्यका संवेदनशील निकायहरुमा दलालहरुको पदपुर्ति गर्ने, देशमाथि राष्ट्रघात गरी नेपाली जनतालाई दास बनाउने खोजिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अधिकासं जनताबाट अस्वीकृत संविधान अन्तरगत रहेको कथित चुनावे नयाँ दलालहरु जम्माउने र नेपाललाई सिक्कीमी करण गर्न लाएको उल्लेख गर्दे, स्थानीय निर्वाचन खारेज गर्न आव्हान गरेको जिल्ला जन परिषद बागलुङका प्रमुख बाबुलाल शाक्यले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *