धौलागिरी अन्चल अस्पताललाई विद्युतीय ल्याव सामग्री हस्तान्तरण

बागलुङ २०७४ बैशाख १८ । अध्ययन तथा व्यापार व्यवसाय र रोजगारीका लागि जापानको ओशाका पुगेका बागलुङेहरुको पलहमा धौलागिरी अञ्चल अस्पताल बागलुङमा अटोमेटेड अनलाईजर मेसिन भित्रिएको छ । एनआरएन ओशाका जापानले सोमबार एक कार्यक्रमको आयोजना गरी १० लाख बढि मूल्य पर्ने सो मेसिन अञ्चल अस्पताललाई हस्तान्तरण गरेको हो ।

रगत परीक्षणका आवश्यक पर्ने उक्त मेसिनले प्रतिघण्टा एक सय ५० प्रकारका रोगबारे परिक्षण गर्न सकिने बताईएको छ । मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएन जापानका उपाध्यक्ष टंक गैरेले नेपालीहरु जहाँ जून ठाउँमा रहे पनि जन्मभूमिप्रतिको माया सधैं रहिरहने भन्दै जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्न अञ्चल अस्पताललाई सहयोग गरेको बताए । ‘हामी जहाँ भए पनि बागलुङको माया मार्न सकिदैन,’ उनले भने,‘आफ्नो ठाउँको लागि केही गरौं भन्ने भावनाले जापानमा च्यारिटी कार्यक्रम गरेर यो मेसिन उपलब्ध गराएका छौं । यसले यहाँको अप्ठ्यारोलाई सहजता प्रदान गर्ने विश्वास छ ।’

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले विदेशमा गएका नेपालीहरुको सहयोगी भावनाले नेपालमा विभिन्न क्षेत्रको विकास भएको बताए । कार्यक्रममा बोल्दै धौलागिरी अञ्चल अस्पताल बागलुङका विकास समिति अध्यक्ष मन्जेशबम मल्ल र मेडिकल सुपरीटेन्डेन्ट डा. सागर राजभण्डारीले एनआरएनको सहयोगले धौलागिरी अञ्चल अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले पनि शुभकामना मन्तव्य राखेका थिए । एनआरएन ओशाकाका अध्यक्ष टिकाराम कँडेलेको अध्यक्षतामा सम्पन्न कार्यक्रम बिहुँकोट समाज जापानका महासचिव कृष्ण सुवेदीले स्वागत र कलाकार गणेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमका अवसरमा हाँस्य कलाकार ज्योति काफ्ले हाँस्यव्यङ्ग्य र कलाकार सीता केसीले साङ्गीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *