विद्यामन्दिर पुस्तकालयमा मासिक साहित्य गोष्ठी सम्पन्न

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १८ । विद्या मन्दिर पुस्तकालयले नियमितरुपमा गर्दै आएको मासिक साहित्य गोष्ठि सोमबार सम्पन्न भएको छ ।

साहित्य गोष्ठिमा बोल्दै नेपाल पत्रकार संघ बागलुङका सभापति दिल शिरिसले सृजना आफैमा शक्ति भएकोले पछिल्लो समय साहित्य सृजनाले आनन्दित पार्नुका संगै गणितीय हिसावले पनि मजवुत बन्दै गएकोमा बागलुङले त्यसको विकास गर्नुपर्ने बताए ।

गोष्ठीमा १० जना बढि श्रष्टाहरुले कविता , गजल ,मुक्तक, बाचन गरेका थिए । साहित्य सृजनामा मजदुर दिवसको बिषयलाई शृगारीक र प्रगतिबादी भावका सृजनाहरु प्रस्तुत भएको थियो ।

सृजना प्रस्तुत गर्नेहरुमा ,गोविन्द सुवेदीले हाईकु, कोपिला कडेल ,याम रोका , दिनेश विकल्प, सिर्जना कार्कीले मुक्तक, ताराप्रसाद शर्मा, दिलेन्द्र सुनारले गजल रचना प्रस्तुत गरेका थिए ।

पुस्कालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता गुणराज शर्मा गुराँसको स्वागत साहित्य उपसमितिको संयोजक ताराप्रसाद शर्मा स्टारको संचालनमा सम्पन् भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *