स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउन शिक्षक संघका अध्यक्ष शर्माको आग्रह !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १८ । नेपाल शिक्षक संघ बागलुङ नगर कार्य समितिको प्रथम स्थानिय अधिवेशन उत्घाटन सम्पन्न भएको छ । सन्तुष्ट शिक्षक युगा अनुकुल शिक्षा लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिवद्ता भन्ने नाराका साथ सोमबार बागलुङ नगरमा अधिवेशन भएको थियो ।

नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्माले नेपाल शिक्षक संघ शिक्षक हकहितको निर्णायक संगठन भएको बताए। उनले नेपाली काँग्रेसलाई स्थानीय निर्वाचनमा विजयी गराउन सबै लाग्नु पर्ने बताए।

नेपाल शिक्षक शिक्षक संघ केन्द्रीय सदस्य नारायण पौड्ल , पुर्व अध्यक्ष जगन्नाथ शर्मा निवर्तमान अध्यक्ष सागर खरेल, नेपाल महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्मा ,शिक्षक संगठनका भवानी कडेल, सीता शर्मा ,लक्ष्मी कान्त शर्मा , वीरबहादुर किसान, विमला गुरुङ लगाएलले बोलेका थिए ।

कार्यक्रम माधव उपाध्ययको अध्यक्षता कालिका कुमारी कडेलको स्वागत र कुमार पौड्लको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *