दलहरुले बलेवा भेगबाट मेयर वा उपमेयरमा उमेदवार बनाउन आव्हान

बागलुङ २०७४ बैशाख १७ । अधिवक्ता तिलकबहादुर रिज्यालले एक बक्तव्य जारी गर्दै बागलुङ नगरपालिकामा बलेवाका नारायणस्थान, अमलाचौर, पैयुँपाटा, रायडाँडा समावेस गरिएकाले राजनीति दलहरुले मेयर वा उपमेयरमा यस बलेवा भेगका व्यक्तिलाई उठाउन आव्हान गरेका छन् ।

उनले, बलेवा बागलुङ नगरपालिकाको नयाँ गाउँ नयाँ मुलुक भएको र बलेवावासीको छुट्टै गाउपालिका हुने चाहना हुँदा हुँदैपनि हामीले बलेवालाई बागलुङ नगरपालिकामा गाभ्यौँ,हामीले ठिक ग-यौँ वा बेठिक ग-यौँ भविष्यले नै बताउला भन्दै मेयर वा उपमेयरमा बलेवावासीलाई चयन गर्न माग गरेका छन् । उनले सबै बलेवावासीले आआफना दललाई प्रमुख या उमप्रमुख एक पदमा बलेवावासीलाई उमेदवार बनाउन दबाव दिन आव्हान गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *