वडा प्रमुखको उम्मेदवार भएपछि शिक्षण पेशाबाट राजीनामा !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १७ । आसन्न स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट ताराखोला गाउपालिका वार्ड नं ४ प्रमुखको जितबहादुर खत्रीले उम्मेवारीको टिकट पाएपछि निम्न माध्यामिक तह अस्थायी शिक्षक पदबाट राजीनामा दिएका छन् । खत्री २०६५ जेष्ठ ३ गतेबाट निम्न माध्यमिक तह अग्रेजी विषयको अस्थायी दरबन्दीमा नियुक्ति भै नेपाल उच्च माध्यमिक विद्यालयका अध्यापन गराउदै आएका थिए । उनले बैशाख १३ गते दिएको राजीनामा १५ गते विद्यालयले स्वीकृत गरेको छ ।

२०५२ सालमा अर्गल माध्यमिक विद्यालमामा डेढ बर्ष अध्यापन गराएपछी पुन २०५४ सालमा दुर्गा भवानी निमावि तह संचालन भए लगत्तै तारा बुङतीमा अध्यापन गरेका थिए । २०५८ सालमा संकटकाल घोषण भएपछी उनी भरुभिगत भएका थिए ।

२०६३ मंसिरमा दुर्गा भवानी निम्न माध्यमिक विद्यालयमानै राहतमा अध्यापन सुरु गरेका उनी नेपाल माध्यामिक विद्यालयमा निमाविमा अग्रेजी दरबन्दीमा २०६५ जेष्ठ ३ गते बाट नियुक्त भई निरन्तर हालसम्म अध्यापन पेशामा रहेका थिए। उनको राजनीतिक जीवन २०४५ साल विद्यार्थी जीवनबाटै सुरु भएको थियो ।

ताराखोला गाँउपालिका माओवादी केन्द्रको वार्ड नं ४का महिला सदस्य सपनादेनी बुढाथोकी, दलित सदस्य धनमाया कामी, ओमबहादुर घर्ती र कुलबहादुर खत्री रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *