Menu

छिस्तीको उज्यालो युवा क्लब बाटो–घाटो निर्माण देखि मठ मन्दिर बनाउदै !

केदार शर्मा, बागलुङ २०७४ बैशाख १७ । बागलुङ जिल्लको जैमिनी नगरपालिकाको वडा नम्मर ८ अर्थात साबिक छिस्ती गाबिसमा रहेको उज्यालो युवा क्लब पछिल्लो समय सामाजीक कार्यमा अग्रसर देखिन थालेको छ ।

“समाज र रास्ट्र को सान बिकास निर्माणमा उज्यालो को अभियान” भन्ने मुल नाराका साथ २०६१ सालमा सामाजीक कार्य गर्ने उद्देश्यले स्थापना भएको क्लब पछिल्लो समय गाँउमा बाटो–घाटो निर्माण देखि मठ मन्दिर बनाउने कार्यक्रममा सक्रिय देखिन थालेको छ ।

केहि बर्ष पहिले जन्कल्याण माध्यमिक बिद्ययालयको नजिकै स्थानिय एक आमा समुहको सहकार्यमा सरस्वतीको मन्दिर निर्माण गरेको उत्त क्लबले अहिले साबिक छिस्तीको गाबिस भवन – रापुङ– नेपाने हुदै चाउकेबारी सम्म करिब ४ किलोमिटर सडक बनाउन लागेको कलबका सदस्य रमेश चालिसेले जानकारी दिए ।

चालिसेका अनुसार अहिले जन्कल्याण माध्यमिक बिध्यालय सम्म बाटो पुगेको छ । बैदेशिक रोजगारमा रहेका क्लबका भु.पु अध्यक्ष गंगा पुन र सदस्य केविन श्रिसको बिशेष सक्रियता तथा क्लबका अन्य सदस्यहरुको आर्थिक सहयोग सँगै क्लबको आँफ्नै खाताको आर्थिक गरि करिब ५ लाखको लागतमा उत्त बाटो निर्माण गर्न लागिएको सदस्य चालिसेले बताए ।

बाटो निर्माण भए पछि साबिक छिस्ती गाबिसको केवौ खानी लगाएतका स्थानीयलाई बिद्यालय आवज जावत देखि छिस्तीमा रहेको र प्रचुर पर्यटनको समभाबना बोकेको पुरानो गाँउको धुरिमा जान पनि उक्त मोटरे बाटोले सहज गराउने क्लबका केविन श्रिस मगरले जानकारि दिएका छन । साथै उत्त बाटो निर्माण गर्न सहयोग गर्नै समपुर्णलाई क्लबले आफ्नो बार्षिक उत्सबमा सम्मान गर्ने क्लबले बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *