झिर्कामा खानेपानी समस्या समाधानको प्रयास

थम्मन थापा सन्देश गल्कोट २०७४ वैशाख १७ । खानेपानी समस्यालाई लिएर गल्कोट नगरपालिका ७ झिर्कामा आज सरोकारवालाको बैठक सम्पन्न भएको छ ।

बैठकले तत्कालको लागि झिर्का नेटा देखि करिब ७०० मिटर तल रहेको पानीको मुहानबाट मोटर लगाएर पानी ल्याउने व्यवस्था मिलाउन, जिल्ला खानेपानी प्राविधिक संग समन्वय गरि आवश्यक प्रकृया अगाडि बढाउने लगायतका निर्णय गरेको छ ।

उक्त योजनालाई अगाडी बढाई तत्काल कार्य सम्पादन गर्न दल बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय झिर्का खानेपानी योजना निर्माण समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा ज्ञान बहादुर कार्की, सचिवमा मिना दर्जी र कोषाध्यक्षमा हेमु घर्ती रहेका छन ् सदस्यहरुमा हिरा बहादुर थापा, छली कुमारी थापा र राम बहादुर विक रहेका छन ।

सो अवसरमा सुवेदार टिका बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ सदस्यमा छुम बहादुर थापा, बसमाया घर्ती, हुम बहादुर कार्की र शिवलाल दर्जी रहनु भएको छ । बैठक समाजसेवी मिना दर्जीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *