प्रधानन्यायाधीश महाभियोग प्रकरण :राप्रपाले बोलायो आकष्मिक बैठक, गृहमन्त्री निधिले दिए राजिनामा !

काठमाडौं २०७४ बैशाख १७ । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेको राप्रपाले भोलि विहान ११ बजेलाई केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

भोलि विहान बस्ने पार्टीको आकष्मिक बैठकले सरकारबाट बाहिरिने सम्मको निर्णय गर्न सक्ने विश्लेषण गरिएको छ ।

राप्रपाका अध्यक्ष एवं सरकारका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले ट्वीट् मार्पत महाअभियोगबारे प्रतिक्रिया दिँदै यस घटनालाई आपत्तिजनक भनेका छन् ।

यसैवीच प्रधानन्यायाधीश काकीमाथिको महाअभियोग प्रस्तावको विषयलाई लिएर उपप्रधानमन्त्री विमलेन्द्रनिधिले पदबाट राजिनामा दिएका छन् ।

यस अघी सत्तारुढ कांग्रेस र माओवादीले संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए।

कांग्रेस सांसद मिन विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतसहितका सांसदहरुले आइतबार दिउँसो साढे ४ बजे संसद सचिवालय पुगेर महाअभियोग दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावमा कांग्रेस/माओवादीका २४९ सांसदले हस्ताक्षर गरेको बतााईएको छ । यसैवीच हस्ताक्षर गरिएका भनिएका केहि सांसदहरुले आफनो हस्ताक्षर कीर्ते भएको स्पष्ट पारेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *