बागलुङमा भएनन् तीन वाम एक ठाम : यसरी तुह्यो माके, एमाले र राजमो वीच चुनावी तालमेल !

बागलुङ २०७४ बैशाख १७ । अन्तत: बागलुङ जिल्लामा क्रियाशील प्रमुख तीन बाम दलहरुवीच स्थानीय तहको निर्वाचनलाई लिएर माओवादी केन्द्रले खोँचे थापेपछी सहमति हुन नसकेको एमाले र राजमोका निकट सुत्रहरुले बताएका छन् ।

तीन वामदलहरुवीच जिल्लामा चुनावी तालमेल गर्ने सहमति भैसकेर घोषणाको तयारी भएको अन्तिम अवस्थामा आएर पुन माओवादी केन्द्रले ढोरपाटन नगरपालिकाको मेयर र जैमिनी नगरपालिकाको उपमेयर खोजेपछी बाम तालमेल तुहेको श्रोतको दावी छ ।

यसैवीच नेकपा माओवादी केन्द्र ढोरपाटन नगरसमितिले बामपन्थी पार्टीविच तालमेल गरेर निर्वाचन लड्ने विषयमा आफ्नो समितिको परामर्श विना जिल्ला स्तरिय बार्ता टोलीले छलफल चलाएको भन्दै असष्तुष्टि जनाउदै माओवादी केन्द्रले मेयर पद छोडेर सहमती गरे स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएको थियो । आजै दिउसो ३ बजे पत्रकार सम्मेलन गरेको नगरसमितिले ३ घण्टा भित्र नगरका उम्मेद्वारको टुङ्गा लगाउन जिल्ला समितिलाई अल्टिमेटन दिएको हो ।

राजनीतिक बृत्तमा माओवादी केन्द्र भित्र एक धार बाम एकताको पक्षमा र अर्को धार नेपाली काँग्रेस प्रति झुकाव देखिएपछी सहमतिको सन्निकट पुगेर पनि बाम एकता हुन नसकेको विश्लेषण गरिएको छ ।

आईतवार विहान माओवादी केन्द्रका नेता कृष्णबहादुर केसीले बागलुङमा वाम तालमेललाई लिएर फेसबुकमा स्टाटस लेख्दै भनेका थिए निरन्तर वार्ता र सम्वाद पछी बहुप्रतिक्षित बाम पार्टीहरुवीचको चुनावी तालमेल गरेर जाने घोषणा आजै हुँदैछ ।

माके नेता केसीले मात्र नभएर अन्य वाम दलका नेता कार्यकर्ताहरु तीन दलवीचको सहमतिको समाचारले प्रफुल्ल हुँदै सामाजिक सन्जाल मार्पmत आफनो प्रसन्नता सेयर गरेका थिए ।

श्रोतका अनुसार माओवादी केन्द्र अन्तिममा आएर बाम तालमेलबाट अलग्गिएपछी अहिले एमाले र राष्ट्रिय जनमोर्चा दुई बामदलवीच चुनावी तालमेल गर्न बार्ता जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *