यी हुन् राप्रपाले चयन गरेका बागलुङ र म्याग्दी जिल्लाका नगर तथा गाउँपालिकाका उमेदवार !

बागलुङ २०७४ बैशाख १७ । राप्रपाले बागलुङ र म्याग्दी जिल्लाका नगर तथा गाउपालिकामा मेयर उपमेयर तथा प्रमुख र उपप्रमुख पदका केहि उमेदवारहरु चयन गरेको छ ।

राप्रपाले आज प्रकाशित गरेको विज्ञप्ती अनुसार बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरु मध्य बागलुङ, जैमिनी र ढोरपाटन नगरपालिकाको मेयरमा क्रमश पार्टीका जिल्ला सभापनि सुरेन्द्र खडका, केशव सापकोटा र निमबहादुर भण्डारी र उपमेयरमा जैमिनी नगरपालिकामा विना केसी र ढोरपाटन नगरपालिकामा नरमती बुढालाई तोकेका छ ।

यसैगरी जिल्लाका ६ गाउपालिकाहरु मध्य काठेखोलामा देवीप्रसाद कँडेल र ताराखोलामा भूमादेवी कँडेललाई प्रमुख पदको उमेदवार चयन गरेको छ । गल्कोट नगरपालिका र अन्य गाउपालिकाहरुमा उमेदवार चयन हुन बाँकी नै छ।

यसैगरी राप्रपाले म्याग्दी जिल्लाको एकमात्र बेनी नगरपालिकाको मेयरमा एकेन्द्र बहादुर रावल उपमेयरमा सन्जू बरुवाललाई उमेदवार बनाएको छ ।
जिल्लाका अन्नपूर्ण, धौलागिरी, मंगला, मालिका र रघुगंगा गाउपालिकाको प्रमुखमा क्रमश तिर्थ बहादुर खड्का, दिलिप गौचन, योगेन्द्र मान शेरचन, चक्रपाणी कँडेल र अनु पुनलाई उमेदवार बनाएको छ भने उपप्रमुखमा क्रमश ओमदेवी पुर्जा, लिलु कुमारी छन्त्याल, सपु विश्वकर्मा, दिलकुमारी पुन र बुद्धिबहादुर कार्कीलाई उमेदवार चयन गरेको छ ।

उता पर्वत जिल्लाको कुस्मा नगरपालिकामा पार्टीको जिल्ला समितिले पार्टीका सदस्य जिल्ला सदस्य प्रकाश पौडेललाई मेयर र उपमेयरमा मान कुमारी गिरीलाई उमेदवार गराएर प्रचार अभियान तीब्र बनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *