बागलुङमा माओवादी केन्द्र, एमाले र राजमो वीच चुनावी तालमेल : यस्तो छ पदीय भागबण्डा !

बागलुङ २०७४ बैशाख १७ । लामो माथापच्ची पछी बागलुङ जिल्लामा क्रियाशील बाम दलहरु आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर जाने सहमति नजिक पुगेका छन् । कुनै बिग्रह नपरे आज कुनै पनि समय बाम एकताको घोषणा हुने श्रोतको दाबी छ ।

बागलुङ जिल्लाका चार नगरपालिकाहरु मध्य बागलुङको मेयरमा एमाले, उमपेयरमा माओवादी केन्द्र, गल्कोटको मेयरमा माओवादी केन्द्र र उपमेयरमा एमाले, जैमिनी र ढोरपाटनको मेयरमा राष्ट्रिय जनमोर्चा र उपमेयरमा क्रमश एमाले र माओवादी केन्द्रलाई दिने सहमति भएको बुझिएको छ ।

यसैगरी काठेखोला र बडीगाड गाउपालिकाको प्रमुखमा एमाले, निसीखोला, ताराखोला र तमानखोला गाउपालिकाको प्रमुखमा माओवादी केन्द्र र बरेङ गाउपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको बामबृत्तमा चर्चा छ ।

यस अघी नेपाली काँग्रेस र माओवादी केन्द्रवीच केहि नगर र गाउपालिकामा सहमति भएको समाचार प्रकाशमा आएको थियो । पछिल्लो समय तीन बाम दलवीच चुनावी तालमेल बनेपछी काँग्रेर र माओवादी केन्द्रवीचको गठजोड बेकार हुने स्पष्ट भएको छ ।

एमाले र जनमोर्चाले आफना उमेदवारहरुको नाम यसअघिनै सार्वजनिक गरिसकेको छ भने माओवादी केन्द्रबाट को, को उमेदवार हुने भन्ने आज घोषणा हुनसक्ने समाचार श्रोतको दाबी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *