स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आएको छ – शेरचन

बागलुङ २०७४ बैखाख १६ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले स्थानिय तहको निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर आउने विश्वास व्यक्त गरेकी छन् ।

नेपाल तरुण दल बागलुङले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै आगामी चुनावमा नेपाली काँग्रेसलाई मुलुकको सबै भन्दा ठुलो पार्टी बनाई समृद्ध राष्ट्र निर्माणका लागि कदम चाल्नुपर्ने बताईन ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै नेतृ शेरचनले काँग्रेसको सिद्धान्त र विचारलाई आत्मसाथ गरेर आएका जो कोहीलाई पनि काँग्रेसले सम्मान तथा उच्च कदर गर्ने बताईन । कार्यक्रममा जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीका मिम बहादुर श्रीष मगर थोमसको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

सो अवसरमा नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, बागलुङ क्षेत्र नं. २ का सांसद एवं पुर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, सांसद चम्पादेवी खड्का, काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, जिल्ला सदस्य ओमकार थापा, क्षेत्र नं. २ का क्षेत्रीय कोषाध्यक्ष विजय अधिकारी, लगायतले बोलेका थिए ।

नेकपा माओबादी र राजोमाका कार्यकर्ताहरुले नेपाल तरुणदल तथा नेपाली काँग्रेसको सदस्यता लिएका थिए ।

प्रवेश गर्नेमा जैमुनी नगरपालिका ८ छिस्तीका गम बहादुर मगर, शेर बहादुर घर्ति, भिम बहादुर श्रीष, वीरेन्द्र पुन, अशिष श्रीष बसन्त पुन, दिल क्षेत्री, खेम बहादुर क्षेत्री , सुशिल कुँवर, मायाँ मगर बिशाल गुरुङ कपिल कुँवर लगायतका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका थिए ।

नेपाल तरुणका जिल्ला अध्यक्ष उमकान्त शर्मा बाबुको अध्यक्षता उपाध्यक्ष कृष्ण पौडेलको स्वागत र काँग्रेसका महाधिवेशन प्रतिनिधि गणेश सापकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *