Menu

जनसेवा युवा क्लब निसीको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

कुम्बिर बिश्वकर्मा, बुर्तिवाङ २०७३ बैशाख १६ । बागलुङ जिल्लाको निसीखोला गाउपालिकामा रहेको जनसेवा युवा क्लब माहिला समिती वार्ड न ५ र ६ को भेला गरि महिला सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा जनसेवा महिला समिती वार्ड न ६ की अध्यक्ष दिलसरा बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रम समासेबी तथा महिला अगुवा लालजिता बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा जनसेवा युवा महिला समिति वार्ड न ५ निसीकी अध्यक्ष निमकुमारी बिश्वकर्माको स्वागत मन्तव्य र क्लबका मुल समितिका सहसचिव कुम्बिर बिश्वकर्माको सन्चालन रहेको थियो।
जनसेवा युवा क्लबले प्रकाशन गरेको भित्ते पात्रो निशुल्क बितरण र परिचयात्मक कार्यक्रम पनि गरिएको थियो।

उक्त कार्यक्रममा जनसेवा युवा महिला समिती वार्ड न ५ तोत्केका अध्यक्ष अनिसा बिश्वकर्मा, युवा समाजसेबी मन बहादुर बिस्वकर्मा, समाजसेवी महिला लालजिता बिस्वकर्माको शसभकामना मन्तव्य रहेको थियो।
महिला नेतृत्व क्षमता अभिबृद्धप् , आर्थिक बचत , समाज सुधार , लगायतको क्लब का केन्द्रिय सहसचिव कुम्बिर बिस्वकर्माले प्रशिक्षण दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *