बागलुङमा मतादाता शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १६ । मुख्य निर्वाचन अधिकारी एवं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेले स्थानीय निकायको चुनाबमा मतदाता नै सर्बोपरी भएकाले मतदातानै सचेत हुनु पर्ने बताएका छन् ।

मुख्य निर्वाचन अधिकारी बेलबासेले, आसन्न स्थानीय तहकोे चुनावमा मत बदर कम गर्ने उद्देश्यका साथ राष्ट्रिय मतदाता अधिकार मञ्च जिल्ला शाखा बागलुङको आयोजनामा शनिवार बागलुङ जिल्ला शाखाका पदाधिकारीहरु सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधीलाई मतादाता शिक्षा प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रशिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङ, निर्वाचन अधिकृत विकाश शर्मा, ताराखोला गाँउपालिकाका निवार्चन अधिकृत देवि प्रकाश शर्मा, समाज सेवी देव बहादुर श्रेष्ठ, न्यायका लागी व्दन्व्द पीडित समाजका अध्यक्ष बद्री बहादुर केसी , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनाराण गौतम, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।

प्रशिक्षण कार्यक्रमा राष्ट्रिय मतदाता अधिकार मञ्च बागलुङका अध्यक्ष कृष्णराज शर्माले स्थानीय निकाय प्रदेश र संघको विषयमा संल्लाहाकार राम शर्माले आचार संहिताको विषयमा र सचिव रामप्रसाद घिमीरेले मतदान गर्ने छाप लगाउने, मतपत्र पट्याउने र बाकसमा राख्ने विषयमा प्रशिक्षण दिएका थिए । तालिम विभिन्न संघसंस्था गरि ३० जना सहभागिता रहेको थियो ।

कार्यक्रम राष्ट्रिय मतदाता अधिकार मञ्च जिल्ला शाखा, बागलुङका अध्यक्ष कृष्ण राज शर्माको अध्यक्षता, उपाध्यक्ष कोपिला कडेको स्वागत र सचिव रामप्रसाद घिमीरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *