चौध वर्षिया रिया श्रेष्ठले यसरी मनाईन आफनो जन्मदिन …

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ बैशाख १६ । बागलुङकी १४ वर्षिया किशोरी रिया श्रेष्ठले बागलुङ नगरपालिका साबिक ११ हाल १७ वडा निवासी मुस्लिम समुदायलाई खाद्यान्न सामग्री वितरण गरेर आफनो जन्मदिन मनाएर्की छन् ।

रियाले आफनो जन्मदिन फरक परिपाटीले मनाउने सोँच अनुसार समाजमा रहेका विपन्न परिवारलाई खाद्य सामाग्री उपाहार दिएर मनाएकी हुन् । उनले आफनो जन्मदिनमा चार मुस्लिम परिवारलाई ५ पिस जिरा चामल, तरकारी लागएतका दैनिक उपभोग्यका खाद्यान्न वितरण गरेकी थिईन् ।

रियाका बुबा विदेश श्रेष्ठले जन्म दिनलाई अनावश्यक तडकभडक भन्दा फरक तरिकाले मनाउने छोरीको ईच्छा अनुसार यो कार्यक्रमको आयोजना गरेको बताए ।

अनलाई संचार संस्था नयाँ विश्व अनलाईनले संयोजन गरेको कार्यक्रममा बागलुङ सुचना तथा संचार सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष भयराम भारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य निमार्ण कुमार श्रेष्ठले रियालाई जन्मदिनको शुभकामना दिएका थिए ।

कार्यक्रम नयाँ विश्व अनलाईका सम्पादक मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता र पत्रकार महासंघ बागलुङ शाखका सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *