राप्रपाबाट मन्थली नगरपालिकाको मेयरमा कँडेल र उपमेयरमा रिता माझी उमेदवार

रामेछाप २०७४ बैशाख १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापले स्थानीय तहको निर्वाचनको लागि उमेदवारको नमावली छनौट गरेको छ । मन्थली नगरपालिकाको मेयरमा रामचन्द्र कँडेल, उपमेयरमा रिता माझी छनौट भएका छन ।

त्यसैगरी रामेछाप नगरपालिकाको मेयरमा सरस्वती श्रेष्ठ र उपमेयरमा सिताराम ढकाल छनौट भएका छन । त्यस्तै खाँडादेवि गाउँपालिकाको मेयरमा ठाकुर लामा, गोकुलगंगा गाउँपालिकामा केदार बहादुर कार्की, दोरम्बा गाउँपालिकामा लाल बहादुर घिसिङ, लिखु गाउँपालिकामा गोरे बहादुर तामाङ्ग छनौट भएको जिल्ला अध्यक्ष भरत वाईवाले बताए ।

मन्थली नगरपालिकाको मेयरका उमेदवार कँडेल पार्टीको नगर अध्यक्ष हुन भने उपमेयर माझी महिला संगठककी केन्द्रीय सदस्य हुन । माझी नेपाल माझी महिला उत्थान संघ केन्द्रीय अध्यक्ष समेत रहेकी छिन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *