जापान समाज बिहुँकोट द्वारा क्यान्सर र अग्निपीडितलाई आर्थिक सहयोग

रामशरण पोखरेल, बागलुङ बैशाख १६ । बागलुङ जापान समाज बिहुँकोटले काठेखोला गाउपालिका वडा नम्बर ५ का क्यान्सर पीडित शैवीर बिक र वडा नम्बर ६ का अग्निपीडित प्रेम प्रसाद कडेंललाई आर्थिक सहयोग गरेका छन् ।

जापान समाज बिहुँकोट र बिहुँकोट समाज जापानकाका पदाधिकारीहरु पीडितको घरमै पुगेर नगद रु १०।१० हजार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा जापान समाज बिहुँकोटका अध्यक्ष गौरिशंकर शर्मा सुवेदी, सचिव भिष्म कडेंल, बिहुँकोट समाज जापानका उपाध्यक्ष ईन्द्र सुवेदी, जापान समाज बिहुँकोटका कोषाध्यक्ष नारायण प्रसाद कडेंल ९राजु०,बिहुँकोट समाज जापानका सदस्य बिष्णु प्रसाद कडेंल, जापान समाज बिहुँकोटका सदस्य चिरञ्जिवी कडेंल, मणिभद्र शर्मा सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

रकम हस्तान्तरण गर्दै उनिहरुले जापान समाज बिहुँकोटको कार्य क्षेत्रभित्र भैपरि आउने बिबिध समस्याहरुबाट पीडित तथा पीडितको परिवारलाई सहयोग गर्ने उद्देश्य अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको र आगामि दिनहरुमा पनि सहयोग जारी रहने बताए ।

आर्थिक अवस्था नाजुक भएका पीडित बिकको ३ बर्ष पहिले देखि देब्रे खुट्टाको घुँडाबाट सुरु भएको क्यान्सर अहिले शरीर भरिनै फैलिएको छ ्र त्यस्तै अर्का पीडित कडेंलको गत चैत ७ गते घरमा आगलागी भई पुर्णरुपमा क्षति भएर करिब १० लाख बराबरको नोक्सान भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *