दगातुँडाडाका २८ वर्षिय रानाको शव राङ्दीफाँटको बाँसघारीमा भेट्टियो

अनिश शर्मा गैरे, बागलुङ २०७४ बैशाख १६ । बडीगाड गाउपालिका- २ हाँडीखोलामा एक ब्यक्तिको शब फेला परेको छ । मृतक बडीगाड गाँउपालीका २ दगातुम्डाडा निवासी जित बहादुर रानाको छोरा २८ बर्षीय रेम बहादुर राना भएको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नायब निरीक्षक भोजराज बानियाँले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक राना हिजोदेखी घरबाट हराएका थिए । उनको शब मध्यपहाडी लोकमार्गको राङ्दीफाँटमा रहेको पक्की पुल नजिकै बाँसको घारीमा भेटिएको थियो ।

आज बिहान करिब ५ बजेर ४५ मिनेटको समयमा स्थानीय महिलाहरुले शब देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

शबको प्रकृति मुचुल्का उठाउनको लागि इलाका प्रहरी कार्यालय हरिचौरको टोली आउँदै गरेको जानकारी दिदै प्रनानि बानियाँले घटनाको थप अनुसन्धान भइरहेको समेत बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *