शिक्षा प्रेमी गुरु कुलप्रसाद श्रेष्ठको व्यक्तित्व र योगदान विषयक कृति सार्वजनिक

कोपिला कंडेल, बागलुङ २०७४ बैशाख १६ । बागलुङ बजार निवासी शिक्षा प्रेमी एवं समाजसेवी जेष्ठ नागरिक गुरु कुलप्रसाद श्रेष्ठलाई शुक्रवार एक कार्यक्रमका वीच सम्मान गरिएको छ । सो अवसरमा समाजसेवी श्रेष्ठलाई सम्मान पत्र सहित फुलमाला र दोसल्ला ओढाएर अभिनन्दन समेत गरिएको थियो ।

माइन्टर (मनिटर) गुरुको नामले परिचित शिक्षा प्रेमी समाजसेवी बयोवृद्ध श्रेष्ठ विद्यामन्दिर उमाविको स्थापनाकालमा शिक्षकको रुपमा कार्यरत थिए । तत्कालीन अवस्थामा श्रेष्ठले शिक्षाको विकासमा पुराएको योगदानको समाजमा उच्च मुल्यांकन गरिदै आएको छ ।

सार्थक प्रकाशन बागलुङको आयोजनामा भएको सम्मान कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रमुख राम प्रसाद उपाध्यायले शिक्षाप्रेमी एबं समाजसेवी श्रेष्ठको ब्यक्तित्व र योगदान बिषयक कृति सार्वजनिक गर्दै यस किसिमका कार्यक्रमको आयोजनाबाट समाजका लुकेर रहेका प्रतिभाको पहिचानमा सहयोग पुग्ने विचार व्यक्त गरे ।

क्याम्पस प्रमुख उपाध्यायले समाजसेवी एबं शिक्षाप्रेमी श्रेष्ठले समाजमा पुर्याएको योगदानलाई सबैले सदैव स्मरण गर्नुपर्ने बताए ।

सार्थक प्रकाशनव्दारा प्रकाशित सो कृतिमा समाजसेवी श्रेष्ठको ब्यक्तित्व बारे बिभिन्न १९ वटा लेख रेचनाहरु समावेस गरिएको छ ।

सो अवसरमा गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतका क्याम्पस प्रमुख राम प्रसाद सुबेदी, म्याग्दीका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी, सम्मानित ब्यक्तित्व कुल प्रसाद श्रेष्ठ, सार्थक प्रकाशनका सदस्य डा. कृष्ण बहादुर श्रेष्ठ, प्राज्ञ प्रेम छोटा, उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष जयराम भारी, पत्रकार महासघं बागलुङका अध्यक्ष दिल शिरिस, राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेश कुमार राजभण्डारी, महिला अधिकारकर्मी सकुन्तला शर्मा, सार्थक प्रकाशनका सदस्य श्याम श्रेष्ठ लगायतले समाजसेवी श्रेष्ठको योगदानको चर्चा गर्दै शुभकामना दिएका थिए ।

सम्मानित कुल प्रसाद श्रेष्ठको ब्यक्तित्व एबं कृतिको समिक्षा समाजसेवी देब बहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रम सार्थक प्रकाशन बागलुङका संयोजक काजी रोशनको अध्यक्षता, सदस्य समाजसेवी केवि रानाको स्वागत र सदस्य अधिवक्ता कृष्णप्रसाद न्युरेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *