शैक्षिक गुणस्तर अभिवृद्विको लागि मल्ममा अन्तरक्रिया

थम्मन थापा सन्देश, गल्कोट २०७४ वैशाख १५ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्विको लागि सरोकारवालाहरु बिच गलकोट नगरपालिका ७ मल्ममा शुक्रवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जनहित माध्यमिक विद्यालय मल्म र त्यसका फिडर विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्वि, विद्यार्थी भर्ना अभियान लगायतको विषयमा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा गत वैशाख ६ गते देखि ९ गते सम्म मुस्ताङ, म्याग्दी र बागलुङका ३ विद्यालयमा गरिएको शैक्षिक भ्रमणको विषयमा जानकारी गराईएको थियो ।

शैक्षिक सत्र २०७४ मा विद्यालयलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्येश्यले प्रत्येक मसान्तमा शिक्षकहरु बिच अन्तरक्रिया, २ महिनाको अन्तरमा वि।व्य। स र प्रशाषन बिच अन्तरक्रिया, ३ महिनाको अन्तरमा अनियमित विद्यार्थीका अभिभावक सॅग अन्तरक्रिया, ४ महिनाको अन्तरमा अभिभावक सॅग अन्तरक्रिया, वार्षिक उत्कृष्ट शिक्षक तथा विद्यार्थी छनौट, र विद्यालय अनुगमनलाई तिव्रता दिने निर्णय गरिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक गरि ४० जनाको उपस्थिति रहेको थियो । सो अवसरमा पुर्व विद्यार्थी एवं सहयोगदाता कुलबिर थापालाई सम्मान समेत गरिएको थियो । अन्तरक्रिया जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र प्रधानध्यापक विष्णु प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *