मुसीकोट मालीका बोर्डिङ्गमा बिद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण

अनिश शर्मा गैरे, वामी गुल्मी २०७४ बैशाख १५ । मालीका अँग्रेजी बोर्डिङ्ग सेकेन्डरी स्कुल मुसीकोट नपा ७ पल्टारले आज आफ्नो बिद्यार्थीहरुको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

नया शैक्षिक सत्रदेखी सुरु गरिएको यो अभियान अन्तर्गत आज पहिलो चरणमा बिद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण गरीएको हो ।

वामी बजारमा रहेको मनकामना मेडिकल हल र बिद्यालयको संयुक्त प्रयासमा बिद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरीएको बिद्यालयका प्रद्यानाध्यापक पुस्तकलाल श्रेष्ठले जानकारी दिए ।

बिद्यार्थीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन र उनीहरुलाइ सजक बनाउनको लागि यस्तो प्रयास गरीएको उनको भनाइ रहेको छ । स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएको र स्वास्थ्य बिना पढाइ पनि सम्भब नहुने भएको भन्दै यस्तो गरीएको उनले बताए ।

बिद्यार्थीहरुको स्वास्थ्य जाँच मनकामना मेडिकल वामीका एमडी डाक्टर बालकुमार सुब्बाले गर्नुभएको थियो । आज गरीएको परीक्षण अनुसार एकजना बिद्यार्थीको मुटुमा समस्या देखीएको, केही बिद्यार्थीको कानमा तथा करिब २० जनाको दाँतमा समस्या देखीएको हुनाले थप उपचारको लागि सिफारीस गरिएको छ ।

बिद्यार्थीहरुलाइ यस शैक्षिक सत्रबाट मालीका बोर्डिङ्गले प्रत्येक तीन महिनाको अवधीमा स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरीएको हो ।

आगमी दिनमा पनि यस्तै बिद्यार्थी मैत्री कामहरु गर्दे जाने बिद्यालयका प्रद्यानाध्यापक श्रेष्ठको भनाइ रहेको छ ।

३ सय ५० भन्दा बढी बिद्यार्थी रहेको बिद्यालयमा आज १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरीएको र बाँकी बिद्यार्थीहरुको केही दिन पनि परिक्षण गरीने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *