गौहत्याको अभियोगमा चार जना अभियुक्त पुुर्पक्षको लागि कारागार चलान

बागलुङ २०७४ बैशाख १५ । ढोरपाटन नगरपालिका साबिक बोवाङ गाविसको सुकुरदुङमा केहि दिन पहिले गोरुमारी खाएको अभियोगमा मुद्दा चलाइएका ८ जना अभियुक्तहरु मध्य ४ जनालाई जिल्ला अदालत बागलुङको आदेशल पुर्पक्षका लागिे कारागार चलान भएका छन् ।

जिल्ला अदालत बागलुङका न्यायाधीश हिमलाल बेलबासेको इजलासबाट गत बैशाख १३ गते भएको आदेशले ४ जना अभियुक्त तारिखमा छुटेका छन् ।

पुर्पक्षका लागि थुनामा जानेहरुमा २८ वर्षिया सीता बुढा, ४४ वर्षिय मानबहादुर घर्ती, २६ वर्षिय जीतबहादुर घर्ती र ४९ वर्षिय बलबहादुर विक रहेका छन् भने तारीखमा छुटेनेहरुमा वर्ष १६ की संगीता घर्ती, वर्ष १५ का दानबहादुर विक, वर्ष ६४का भगिमल बुढा र ४३ वर्षिया श्यामकुमारी बुढा रहेका छन् ।

गत २०७३ साल चैत २१ गते गोरु मारेको घटनामा संलग्न अन्य दुई जना अभियुक्त मनबहादुर विक र ध्रुबबहादुर विक फरार रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *