बागलुङ जिल्लामा पुरुष भन्दा महिला मतदाताको संख्या ८ हजार ८ सय ७६ बढी

बागलुङ २०७४ बैशाख १५ । आउदो बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लामा १ लाख ५६ हजार ८ सय २ मतदाता रहेकामा ७३ हजार ९ सय ६३ पुरुष र ८२ हजार ८ सय ३९ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले दिएको जानकारी अनुसार पुरूष भन्दा ८ हजार ८ सय ७६ जना महिला मतदाता बढी रहेको छ ।

बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका सबैमा पुरूषको भन्दा महिला नै बढी मतदाता रहेको शर्माले जानकारी दिए ।

कार्यालयका अनुसार बागलुङ नगरपालिकामा ३४ हजार ५ सय २८ मतदाता छन् । जसमा १८ हजार ५ सय ५१ जना महिला र १५ हजार ९ सय ७७ जना पुरुष मतदाता रहेका छन् । गलकोट नगरपालिकामा २० हजार १ सय १९ मतदाता छन् । जसमा महिला मतदाता १० हजार ८ सय ४ र ९ हजार ३ सय १५ पुरुष मतदाता रहेका छन् ।

यसैगरी, जैमुनि नगरपालिकामा कुल २१ हजार २ सय ६७ मतदाता मध्ये ११ हजार २ सय ५४ महिला र १० हजार १३ जना पुरुष रहेका छन् भने ढोरपाटन नगरपालिकामा ११ हजार ९ सय ९० मतदाता रहेकोमा ६ हजार १ सय ९६ जना महिला र ५ हजार ७ सय ९४ जना पुरुष रहेका छन् ।

जिल्लाको ६ गाउँपालिका मध्ये काँठेखोला गाउपालिकामा १७ हजार ६ सय ७ मतदाता रहेका छन् । जस मध्ये ९ हजार ४ सय ९६ महिला र ८ हजार १ सय ११ जना पुरुष रहेका छन् । तमान गाउँपालिकामा कुल ५ हजार ९ सय २८ मतदाता मध्ये ३ हजार २५ महिला र २ हजार ९ सय ३ जना पुरुष रहेका छन् भने तारा गाउँपालिकामा कुल ७ हजार २ सय २५ मतदाता रहेकोमा ३ हजार ७ सय ९७ जना महिला र ३ हजार ४ सय २८ जना पुरुष मतदाता रहेका छन् ।

यसैगरि, निसी गाउँपालिकाको १२ हजार १ सय ९७ जना मतदाता मध्ये महिला मतदाता ६ हजार २ सय ८४ र ५ हजार ९ सय १३ जना पुरुष छन् । बडिगाड गाउँपालिकामा १७ हजार २ सय २७ मध्ये महिला मतदाता ८ हजार ९ सय ५ र ८ हजार ३ सय २२ जना पुरुष रहेका छन् । बरेङ गाउँपालिकामा ८ हजार ७ सय १४ जना मध्ये महिला मतदाता ४ हजार ५ सय २७ र ४ हजार १ सय ८७ जना पुरुष मतदाता रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *